२०८० फाल्गुन २०, आईतवार १४:१२

जनकपुरधाम, २० फाल्गुन । मुख्यमन्त्री सरोजकुमार यादवले मधेश प्रदेशका आठ वटै जिल्लामा एक एक वटा गरी आठ वटा मेडिकल कलेज स्थापना गर्ने लक्ष्य लिएको बताउनुभयो ।

नेपाल मेडिकल एसोसिएशन, जनकपुरधामद्वारा आज आयोजित मधेश हेल्थ सम्मिटलाई सम्वोधन गर्नुहुंदै उहाँले सो कुरा बताउनुभएको हो ।
यसअघि सहभागीहरुबाट स्वास्थ्यमा बजेट बढाइनुपर्ने मागउपर प्रतिक्रिया व्यक्त गर्दै उहाँले स्वास्थ्य राज्यमंत्री भैसकेको हुनाले स्वास्थ्यको महत्व आफूले बुझेको बताउनुभयो ।“ प्रदेशमा १५ प्रतिशत बजेट छुट्याएर काम अघि बढाएको छु । आउने दिनमा स्वास्थ्य बजेट बीस पच्चीस प्रतिशतसम्म पुर्याइनेछ “, उहाँले भन्नुभयो ।

मुख्यमंत्री यादवले सरकारले कृषि, स्वास्थ्य, शिक्षा र पर्यटन गरी चार क्षेत्रमा ’हब’ बनाइने लक्ष्य लिएको पनि घोषणा गर्नुभयो ।
चिकित्साकर्मीहरुको सुविधा र वृतिविकासका लागि उठेको जिज्ञासालाई उल्लेख गर्नुहुंदै यसबारे आफू वचनवद्ध रहेको रहेको जनाउ पनि उहाँले दिनुभयो । साथसाथै सेवाको गुणवत्तामा ध्यान दिनपनि उहाँले चिकित्सकहरुसंग आग्रह गर्नुभयो ।“उपचार राम्रो छ, अलि अलि सुधार पनि भैरहेको छ तर जति सुधार हुनुपर्ने हो हुनसकेको छैन,“ मुख्यमन्त्री यादवले गुनासो पोख्नुभयो ।“डाक्टर भगवानको रुपमा हुन्छन् त्यो हिसाबले कामपनि हुनुपर्यो, स्वास्थ्य सेवामा सुधारको अपील गर्दै उहाँले भन्नुभयो ।

स्वास्थ्य तथा जनसंख्या मंत्री वीरेन्द्र प्रसाद सिंह, पूर्व राज्यमन्त्री डा। सुरेन्द्र यादव लगायतले पनि बोल्नुभएको सम्मिटमा मधेश प्रदेशका विज्ञहरुले स्वास्थ्य क्षेत्रका चुनौती र सम्भावनाबारे आ आफ्नो धारणा राख्नुभएको थियो ।

Comment


Related News

Latest News

Trending News