अपडेट 
२०८० फाल्गुन २१, सोमबार ०७:२७

मधेश प्रदेशको राजधानी जनकपुरधाममा नेकपा एमालेका नेताहरुलाई रिझाउन क्विन्टलको माला लगाउने होडवाजी चलेको छ ।

धनुषाको हँसपुर नगरपालिकामा एक कार्यक्रममा सहभागी हुन शनिवार पुगेका एमालेका महासचिव शंकर पोखरेललाई रिझाउनका लागि एक सय एक किलो फुलको माला लगाइएको थियो । एक क्विन्टल माला पोखरेललाई लगाइएको २४ घण्टा नबित्दै उपाध्यक्ष विष्णु पौडेललाई २ क्विन्टलको माला लगाएर विमानस्थलमा स्वागत गरिएको छ ।

धनुषाको महेन्द्रनगरमा आयोजना गरिएको महिला राष्ट्रिय हक्की प्रतियोगिताको समापन समारोहलाई सम्बोधन गर्न एमाले अध्यक्ष केपी शर्मा ओली आउने हल्ला फैलाइएको थियो । सोही अनुसार जनकपुरधामका स्थानीय नेता कार्यकर्ताहरुले महासचिव पोखरेललाई लगाइएको फुलको मालाभन्दा दोब्बरको माला रातारात तयार गरेका थिए । तर हल्ला फैलाइए अनुसार अध्यक्ष ओली नआउँदा दुई सय ११ किलो फुलको माला उपाध्यक्ष विष्णुप्रसाद पौडेलको गलामा लगाइयो । उपाध्यक्ष पौडेलको गलामा माला लगाउँदै गर्दा केही नेताले उनलाई भाग्यमानी नेता रहेको बताइरहेका थिए ।

एमालेका अध्यक्ष केपी शर्मा ओली आउने भन्दै उनको स्वागतमा पूर्वमन्त्री रघुविर महासेठ र नेतृ जुलीकुमारी महतोलगायतको निर्देशनमा कार्यकर्ताहरुले दुई क्वीन्टल ११ किलोग्रामको फुलको माला तयार गरेका थिए ।

एक दिन अघि एमाले महासचिव पोखरेललाई पनि धनुषाको हँसपुर नगरपालिकामा एक सय एक किलोग्राम फुलको माला लगाएर स्वागत गरिएको थियो । धनुषामा एमालेका कार्यकर्ताहरुले आफ्ना नेतालाई रिझाउनका लागि फुलको गुच्छासहिका दुई क्विन्टल भन्दापनि बढी वजनको माला लगाउन तछाडमछाड नै गर्न थालेका छन् ।

कतिपय एमाले कार्यकर्ताहरुले शक्तिशाली नेतागणको गलामा माला लगाएर निकट्ता बढाउने प्रयासमा लागेका छन् ।धनुषाबाट एमालेको महासचिव रघुबीर महासेठ रहेका छन् ।पछिल्लो समय उनी कोशी प्रदेशको इञ्चार्जपनि रहेका छन् । धनुषा जिल्लाको महेन्द्रनगरमा आइतवार सम्पन्न भएको महिला हक्की प्रतियोगिताको पूर्व राष्ट्र्पति विद्या देवी भण्डारीले उद्घाटन गरेकी थिइन् ।

समापन कार्यक्रमको प्रमुख अतिथि एमाले अध्यक्ष ओली रहेका थिए ।तर संघीय राजधानीमा सत्ता समिकरण फेर्ने खेल तिव्र रुपमा अगाडी बढन थालेपछि उनी भेंटघाटमा सकृय भएका थिए । संघीय सत्ता गठबन्धनलाई भत्ताभुंग गर्न अध्यक्ष ओली पछिल्लो दिनमा सकृय भएका छन् ।राष्ट्र्यि सभाको अध्यक्ष र उपचुनावको विषयमा एमाले र माओवादी नजिकिएका छन् ।

धनुषामा एमाले भित्र दुई धार प्रष्ट रुपमा देखिएको छ ।नेता महासेठको नेतृत्वलाई चुनौती दिने स्थितिमा अर्को समुह नलागेपनि जिल्लामा पकड बलियो बनाउन कसरत गरिरहेको छ ।

Comment


Related News

Latest News

Trending News