अपडेट 
२०८० फाल्गुन २१, सोमबार १४:१८

हुन्डीको २१ लाख पैसासहित ५ जनालाई पक्राउ गरी बारा प्रहरीले सोमबार सार्वजनिक गरेको छ ।

कलैया उपमहानगरपालिका–६ प्रादेशिक अस्पतालनजिकबाट भारतीय नागरिक रञ्जित सर्राफबाट स्रोत नखुलेको पाँच बरामद गरेको हो । बैंकको इजाजत पत्र नलिई भारतबाट नेपालमा रकम ओसारपसार गर्ने क्रममा उनीबाट विभिन्न दरको उक्त रकम बरामद गरी बारा जिल्ला अदालतबाट सात दिनको म्याद लिई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताए ।

उनका अनुसार भारत विहार राज्यको मोतिहारी जिल्ला हरपुर गाउँ पञ्चायत नायक टोल घर भई सरार्फसँगै कलैया–४ मा मनी चेन्जरबाट दुई जना पक्राउ परेका हुन् । कलैया–७ का आसिफ मनी चेन्जरका सञ्चालक ३१ वर्षीय कलामुदिन अन्सारी र सोही मनी चेञ्जरमा कार्यरत महागढीमाई नगरपालिका–१ का ३९ वर्षीय मेराजुल हक अन्सारी पक्राउ परेका हुन् ।

यसैगरी विश्रामपुर गाउँपालिका–१ छतवा कलयाणपुर सुलिगेट नजिकबाट भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ०५ एआर ३५०९ नम्बरको भारतीय मोटरसाइकलसहित बैंकको इजाजतपत्रबिना १६ लाख ९ हजार रकम बरामद गरिएको छ ।

भारत विहार राज्यको मोतिहारी जिल्ला श्यामपुर घर भई ४२ वर्षीय कृष्णलाल प्रसाद र अरेराज घर भई ४० वर्षीय रविशंकर सिंह पक्राउ परेका हुन् ।

बैंक तथा वित्तीय संस्थासम्बन्धी कसुरअन्तर्गत उनीहरूमाथि अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक न्यौपानेले बताए ।

Comment


Related News

Latest News

Trending News