अपडेट 
२०८० फाल्गुन २१, सोमबार १४:४७

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आजको दिन देशको परिस्थिति छिटोछिटो हिँड्न खोजेको बताएका छन्।

सोमबार एमालेनिकट मजदुर संगठन जिफन्टको कार्यक्रमलाई सम्बोधन गर्दै नयाँ गठबन्धनबारे बताएका हुन्।

‘आजको दिनचाहिँ छिटोछिटो हिँड्न खोजिराखेको जस्लो लागिराखेको छ। म यहाँ आउन पनि ढिला भयो। किन भने देशको परिस्थिति छिटोछिटो हिँड्न खोजेको छ। त्यतापट्टि अलिक अल्मल्यायो,’ उनले भने, ‘देशमा परिवर्तन आवश्यक छ। परिवर्तन हुन्छ।’

उनले जे सुकै परिवर्तन भए पनि एमालेले मिसन २०८४ नछाड्ने बताए।

‘हामी मिसन २०८४ छाड्दैनौं। नेकपा एमालेलाई निर्णाय शक्ति बनाउने हाम्रो उद्देश्य हो। मिसन २०८४ भनेको चुनावमा बहुमत ल्याउने मात्र कुरा होइन, त्योभन्दा माथिको कुरा हो यो, राष्ट्रिय शक्तिलाई निर्णायक तहमा विकास गर्ने हो।’

उनले यसको मापन चुनावले गर्ने हुनाले त्यसका लागि तयार रहन पनि कार्यकर्तालाई निर्देशन दिए।

Comment


Related News

Latest News

Trending News