अपडेट 
२०८० फाल्गुन २१, सोमबार १४:५५

मन्त्रालय बाँडफाँट टुङ्ग्याउनका लागि ४ सदस्यीय कार्यदल गठन गरिएको छ ।

नेकपा एमाले र नेकपा माओवादीसहितका नयाँ गठबन्धनसँगै निर्माण हुने नयाँ सरकारमा मन्त्रीहरुको सङ्ख्या र कार्यविभाजन टुङ्ग्याउन चार सदस्यीय कार्यदल बनाइएको हो । जसमा नेकपा एमालेबाट उपाध्यक्ष विष्णु पौडेल, माओवादीबाट उपमहासचिव वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीवाट सभापति रवि लामिछाने र जसपा नेपालबाट अध्यक्ष उपेन्द्र यादव रहेका छन् ।

आजै बेलुका ५ बजेपछि नयाँ मन्त्रीहरूले सपथ लिने प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ ।

प्रधानमन्त्री प्रचण्डले एमाले, रास्वपा र जसपालाई समेटेर मन्त्रीमण्डल पुनर्गठन गर्ने भएका छन् । पहिलो चरणमा माओवादीबाट हितबहादुर तामाङ, एमालेबाट संसदीय दलका प्रमुख सचेतक समेत रहेका पदम गिरी र रास्वपाका उपाध्यक्ष समेत रहेका डोलप्रसाद अर्याल मन्त्रीका रूपमा सरकारमा जाने तयारी छ ।

Comment


Related News

Latest News

Trending News