अपडेट 
२०८० फाल्गुन २२, मंगलवार १८:३६

नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ।

सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा मंगलबार अपराह्न बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले प्रधानमन्त्री दाहाललाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो।

उपसभापति धनराज गुरूङले प्रधानमन्त्री दाहाललाई दिएको समर्थन फिर्ता लिने निर्णय भएको बताए।

‘पुष्पकमल दाहाल प्रचण्डलाई गरेको समर्थन र दिएको विश्वासको मत थियो त्यो आजबाट फिर्ता लिने निर्णय गरेका छौं,’ उपसभापति गुरूङले भने।

नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले सोमबार कांग्रेससँगको सहकार्य तोडेर नयाँ समीकरण बनाएका थिए।

उक्त समीकरणबाट तीन जना मन्त्रीले सोमबार अपराह्न शपथ लिइसकेका छन्। यससँगै पुरानो गठबन्धनका मन्त्री स्वत हटेका थिए भने सबै मन्त्रालय प्रधानमन्त्री दाहालको जिम्मेवारीमा छ।

उपसभापति गुरूङले कांग्रेसका मन्त्रीहरूबाट प्रधानमन्त्री दाहाललाई असहयोग नगरेको पनि बताए।

Comment


Related News

Latest News

Trending News