अपडेट 
२०८० फाल्गुन २४, बिहीबार ०७:३१

विगत दुई वर्ष पूर्व मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रारमा डा. विनोदकुमार यादव नियुक्त भए । उनी रजिष्ट्रारमा नियुक्ति हुँदा देखिनै अञ्चल अस्पतालबाट स्तरोन्नति हुँदै प्रादेशिक हुँदै मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान गठन हुँदा अस्तव्यस्त रहेको अस्पताल अहिले सुधारोन्मुख अवस्थामा छ । अस्पताल भित्र प्रवेश गर्दैमा जथाभावी रुपमा रहेको सवारी साधनको पार्किङ्ग, अस्पतालमाथिको अविश्वसनीयता, प्रतिष्ठान भन्दा बढी निजी नर्सिङ्ग होम रुचाउने जस्ता चुनौतीको सामना गर्दै वर्तमान अवस्थामा ल्याएका छन् । अहिले प्रतिष्ठान दैनिक ६ सय देखि एक हजार विरामी दैनिक चेक जाँच गर्ने गर्छन् भने सामान्य समस्याका कारण लथालिङ्ग हुने गरेका कारण ती सामग्रीको व्यवस्थापन र सरसफाइ तथा कर्मचारीको समयमा आउने जाने लगायतका धेरै विषयहरुमा परिवर्तन आएको उनी दावी गर्छन् । यसै समसामयिक विषयमा केन्द्रित रही मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार डा. विनोकुमार यादव संग जनकपुर टुडेका लागि संजीवकुमार झाले गरेको कुराकानीको सम्पादित अंश :

प्रश्न : मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आएको दुई बर्ष भयो यस अवधिमा के–के गर्नुभो ?

– दुई बर्ष हेर्दा खेरी धेरै कम समय लाग्छ तर, यो दुई वर्षमा हाम्रो अहिलेको जुन टिम छ टिम वर्कले गर्दा खेरी ५÷१० वर्ष लाग्ने समयमा हुने काम भएको छ । हाम्रो वार्षिक प्रतिवेदन हेरेर बुझ्न सकिन्छ । हामीले जुन वार्षिक प्रतिवेदन प्रकाशन गरेका छौं त्यसमा ६० वटा भन्दा बढी काम भएको सार्वजनिक गरेका छौं । सवै भन्दा पहिलो उदाहरणको रुपमा हेर्ने हो भने यो अस्पतालको यही संरचनालाई यहि मेनपावरलाई थोरै बहुत मोटिभेट गरेर, रिक्वेस्टै गरेर यतिका सुधार हामीहरुले गरेका छौं । पहिले यसै अस्पतालमा आउँदा खेरी मान्छेलाई गेट देखिनै नाक थुनेर आउनु पर्ने अवस्था थियो । चारै तिरका ड्रेनेज लिकेज थियो, ट्वाइलेटहरु सिस्टमेटिक थिएन् त्यसलाई पहिलो प्राथमिकतामा राखेर त्यो पहिला ठिक गर्यौं, त्यो ठिक गर्नलाई एहिका जुन सरसफाइकर्मी छ नि त्यसलाई मोटिभेट गर्यौं एउटै कुरा हो उनीहरुलाई मायाले प्रेमले कुरा गरे, कुनै वेला हो काम गर्न आलटाल गरे हटाउन सकिन्छ भन्ने यस्तै उनीहरुलाई अरु ठाउँको उदाहरण देखाउँदै हामीहरुको तीन जनाकै टिम छन् नि दिन रात खट्या छौं । तपाई कुनै पनि स्वीपरलाई सोध्नुस फोहर भन्दा फोहर ठाउँमा उनीहरुको कान्धमा कान्ध मिलाएर काम गर्या छौं । उनीहरुलाई फिल भएको ए उहाँ डाक्टर भएर पनि हामीहरु संग खट्ने गरेका छन् । उनीहरुको मानसिकता परिवर्तन भएको छ । त्यस पछि पार्किङ्गका व्यवस्था सुरुमा धेरै समस्या भयो । सवैलाई यहाँ हतारै हुन्थ्यो । जाहाँ पायो त्यहि पार्क गरिदियो । पार्किङ्ग व्यवस्थापनकालागि हामीले थोरै कडा हुनु पर्यो । धेरै जनालाई हामीले जुर्वाना पनि तिरायौं । कति जनाको सवारीसाधनलाई कता कता फाल्ने काम पनि भयो । तर त्यो सवै हेर्दा खेरी यहि ठाउँलाई सवै जनाको साथ पाए पछि सवै जनाले हेर्यो यो टिम काम गर्ने लायक छ, यसमा हामीले पनि साथ दिनु पर्यो त्यसैले पार्किङ्ग पनि व्यवस्थापन भएको छ । यसमा सवैको इफोर्ट लागेको छ । हामीहरुले गर्दा खेरी यहाँ के गर्यो हेर्नुस केही ठूलो काम गरिएको छैन् खाली चिजलाई व्यवस्थापन गर्याछौं । यो ठाउँमा राख्न सक्ने सामान यो ठाउँमा राख्यौं, त्यो ठाउँमा राख्न सक्ने सामान त्यो ठाउँमा राख्यौं ।

प्रश्न : यो भन्दाका पहिलेका प्रशासकहरुले यति सम्म किन गर्न सकेन् ?

– यो भन्दाका पहिलेकाहरुमाथि हामीले कमेन्ट गर्न त भएन् । सवैको आ–आफ्नो प्रायोडिटि हुन्छ । हाम्रो प्रायोडिटिमा के पर्यो भने हाम्रो यो प्रदेशको प्रतिष्ठान खोल्दा खेरी तीन वटा सर्भिस लेखिएको छ हेर्नुस । स्वास्थ्य सेवा, स्वास्थ्य शिक्षा र अनुसन्धान । हामीले स्वास्थ्य सेवा भयो भने नि स्वास्थ्य शिक्षा दिने ।

प्रश्न  : तर, इमर्जेन्सीमा खासै सुधार भएको देखिएन् त ? सरसफाइको अवस्था त्यस्तै छ, डाक्टरको अवस्था त्यस्तै छ, नर्सहरुको पनि अवस्थामा फरक आएको छैन् भने जनताको गुनासो छ के भन्नु हुन्छ यसमा ?

–तपाईको कुरा संग म सहमत छु । अहिले सवै कुरा हामीले भन्छौं एकदम्मै राम्रो गरिसके त्यो भन्न सक्दैनौ । हामी के भनिरहेका छौं पहिलेको भन्दा त पक्कै फरक भएको छ । आजको दिनमा जानुस एक वर्ष भन्दा पहिला एचडियु र इमर्जेन्सी संगै राखेको थियो त्यसलाई अहिले हामीले पूmल एचडियू १० वेडको र ३५ वेडको इमर्जेन्सी चालु छ । अव हामीहरुलाई भन्नला मानौ कि एभरेज विरामी इमर्जेन्सीवाट रेफर हुन्छ, हमी संग देख्नु भो सर्जनको इक्सपोर्ट छैन् । हामीले त्यो व्यवस्था गर्न सक्या छैनौं, तर, छिट्टै ल्याउँछौ भने बाहिरबाट कस्तो देखिन्छ भने जनकपुरधामलाई स्वास्थ्यको हव मान्छौं मधेश प्रदेशका लागि । तर, हामीलाई पनि गार्हो छ कि सवै सेवा दिन सक्या छैनौ त । मान्छेलाई यहाँ के सोच हुन्छ भने कि हामीलाई प्राइभेट जस्तो सर्भिस हुनु पर्यो । कुनै पनि ठाउँमा विश्वको कुनै पनि सिस्टमले प्राइभेट भन्दा राम्रो सेवा सरकारीले दिन नसकेको अवस्था हो । अव यहाँ कुनै प्राइभेटको उदाहरण लिनु सरकारी जस्तो विरामीको चाप छैन् त, एक जना विरामी हुन्छ चार जना चारै तिरबाट आउँछ । उनलाई एकदम्मै स्याहार सुसार गर्छन् । हामी संग आउनुस कुनै समय वेड खाली हुँदैन् । हामी संग म्यान पावर त लिमिटेड छ कोठा, वेड त लिमिटेड छ अनि हामी संग स्टाफ सवै भन्दा बढी लिमिटेड छ के । हामीहरुले लगभग लगभग चार सय वेड चलाई रहेका छौ भने लेस देन फिफटी प्रसेन्ट कम स्टाफ छ । कसरी त्यसलाई प्राइभेट जस्तो सर्भिस दिन सक्छौं ।

प्रश्न  : प्राइभेट जस्तो सेवा सुविधा दिन नसक्दा के गर्ने सरकारी अस्पतालहरुलाई बन्द गरेर प्राइभेट तिर जानु नै बेस होला तपाईको भनाइ अनुसार हैन् ?

– हेर्नुस सरकारी अस्पताल त कुनै बेला पनि बन्द हुँदैन् । बन्द भयो भने देशै बन्द हुन्छ के । त्यो पनि हामीले बुझ्नु पर्छ ।

प्रश्न  : जनतालाई सेवा सुविधा दिन सक्दैन् भने बन्द गर्नुनै बेस होला नि त ?

– सेवा सुविधा दिन नसकेको हो नभन्नुस । जस्तो तपाईले भन्नु भयो नि हामी संग विद्यार्थी छन् दुई वर्ष पछि हामी सरकार संग कर्मचारी माग्दैनौं । किन भने यि विद्यार्थीहरु फिल्डमा काम गर्न आउन थालेपछि हामीलाई कामगर्नेहरुको खाँचो हुँदैन् । अहिले त हाम्रो फष्ट व्याच हो भने आउने वितिकै विद्यार्थीलाई कसरी काममा लगाइदिने । काममा लगाउनकालागि उनीमा दक्षता हुनु पर्यो र त्यो अन्तमा आएर हुन्छ । यसपालि सात जना इन्डोरको सिट आउँदैछ तीन जना पहिला देखि छ तपाई अहिले पनि कसैलाई सोध्नु हुन्छ भने प्रसूति सेवामा पहिला भन्थ्यो नि डाक्टर भेट्दैन्, हामीहरुले एक वर्ष देखि एउटा कम्पलेन आउन दिएका छौनौं कि त्यो फ्लोरमा डाक्टर छैन् भनेर । भयो के त दुई जना हामी संग थियो पढ्ने, त्यो त २४ घण्टा हुनेनै भयो र अहिले हामीले कम्पलसरी गर्या छौं २४ घण्टा एक जना कन्सल्टेन्ट हुनै पर्छ भनेर । कसरी मिलाउने त्यो डिपार्टमेन्टलाई छोड्दियाछौं । निष्चित रुपमा भोली हामीलाई अरु विभागमा जव पिजीको विद्यार्थी आउँछन् नि एमडि एमएस गर्ने उ कहा जान्छ उ सिक्न आएको हो नि त विरामी संग सिक्ने हो नि । सव भन्दा ठूलो कुरा त्यो हो के । ति विद्यार्थीहरु त्यहाँ हुन्छ नै र त्यसले उसलाई टिचर पाएको हुन्छ । उसलाई कुनै समस्या भयो भने त्यसले टिचरलाई सम्पर्क गर्छ । त्यो टिचरको जिम्मेवारी हुन्छ त्यो वेला टिचर भनेको डाक्टरै हो । उसलाई आउनै पर्छ त्यो वेला त्यो उसको जिम्मेवारी हो । अव आयो स्नातकको विद्यार्थी यसलाई फोर्थ इयरमा गएर हामी होस्पिटल पोष्टिङ्गमा राख्छौं । अनि त्यहा के डिपेन्ड के गर्न भने त्यस वेला त अटोमैटिक प्राइभेट जस्तो व्यवहार पाउन थाल्छ त । टिचिङ्गमा के छ र ? मोरदेन फिफ्टी प्रसेन्ट विद्यार्थी छ । म त त्यहिको मान्छे हो मलाई त सवै थाहा छ नि त्यहा मोरदेन फिफ्टी प्रसेन्ट विद्यार्थी छ । दुई सय स्टुडेन्ट छ प्रति इयर नयाँ भर्ना । टिचिङ्गको हरेक सेक्टरमा विद्यार्थी हुन्छ । त्यस्तो सेवाका लागि हामीले कम्तीमा दुई बर्ष त कुर्नु पर्यो नि त । त्यो वेला हामीलाई सरकार संग त्यति नत गुनासो हुन्छ नत हामी कर्मचारी माग्छौं । हामीले सर्भे गरेर सरकारलाई दिएका छौं त्यो लेभेलको यदि व्यवस्थापन भयो भने कुनै पनि गुनासो कहिल्यै आउदैन् । हेर्नुस स्वास्थ्य यस्तो सेक्टर हो जहाँ विरामीको वेडको रेसियोमा स्टाप दिने हो नि त । आइसियु चलाउँछौं, आइसियुमा एउटा विरामीलाई त फिक्स छ नि एउटा नर्समा कति विरामी दिने ? त्यो दिएन भने सर्भिस राम्रो छ भन्न त पाइएन हामीले । इमर्जेन्सीमा हामीहरुलाई हामीहरु पूmल पिरियड नर्स दिन सक्या छैनौं । हामीले भन्छौं इमर्जेन्सी सुधार भएन भने भन्न मिल्यो त ?

प्रश्न  : मधेश स्वास्थ्य विज्ञान प्रष्ठिानमा आवद्ध भएका डाक्टरहरु कति घण्टा कम गर्छन् ?

– मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान र अस्पतालका डाक्टरहरुमा हामीहरुले भेदभाव गरेका छैनौं । किन भने दुईवटैलाई हामीले एउटै वकेटमा राखेका छौं । कसैलाई पनि अलग प्रकारको व्यवहार गरेका छैनौं त । नियम अनुसार सवै जनाले हप्ताको ४२ घण्टा पर्यएकै छ । बसेकै छ उहाँहरु ।

प्रश्न  : डिउटी आवर पर्याएकै छ, बसेकै छ तर काम गरेका छैनन् किन भने त्यो समयमा त उनीहरु आफ्नो निजी क्लिनिकमा हुन्छ नि त ?

– अव सवै चिजलाई हामीले मात्रै मोनेटरिङ्ग गरेर त भएन् । हामी पनि गरिरहेका छौं गरेका होइन् । एक चोटी मौखिक वार्निङ्ग दिइ सकेका छौं ।त्यसमा हामी थोरै नागरिक समाजको सहयोग माग्छौं । अव कस्तो हुन्छ भने मान्नु न हामीले पुलिस सर्भिस त छ नि यहाँ तै पनि चोरी त भएकै छ, डकैती भएकै छ, मान्छेलाई मारेकै छ । भने कति हद सम्म हामीले गर्ने, उहाँहरुले सर्भिस नगरेको भए हाम्रो अस्पतालमा प्रत्येक दिन ६ सय देखि हजार विरामी कस्ले हेरदिया छ । कुनै डाक्टरलेनै हेर् या छ नि । हाम्रो सवै भन्दा ठूलो कुरा के हो भने यो अस्पतालमा त सरकारी अस्तरमा यस्तो छ जहाँ कन्सल्टेन्टले मात्रै ओपिडी हेर्या छ । अरु अस्पतालमा जस्तो छैन् कन्सल्टेन्ट । सवै जनाको आवश्यकता छन् धेरै तर वर्तमान जनशक्तिले त्यो पूmलफिल गर्न सक्दैनौ । जो सरकार संग सुरुमा माग्या थियौं । सवैलाई एक्कै चोटी चार सय प्रसेन्ट सैलरी बढाइ दिनुन भनेर सरकार समक्ष प्रस्ताव गर्या थियौं । डाक्टरको सैलरी कम्तिमा दुई लाख गरदिउ । सवैलाई सैलरी एउटा स्टेण्डरमा दिउ भने उनीहरु बाहिर प्राइक्टीस गर्दैन् । वेसिक निड त पूरा हुनु पर्यो ।

प्रश्न  : वेसिक निड पूरा भएन भने नोकरी छोडेर जाँदा हुन्छ नि त ?

– यो कुरा एउटा एडभोकेसीकोलागि धेरै राम्रो छ । सवै कुरा सही हो । तर, जहिले पनि के हुन्छ भने कुनै पनि ठाउँमा एउटा चिमा मात्रै एवस्युलुट खोजेर हुन्छ त । डाक्टरी सेवामा एवस्युलुट खोज्ने अरु चिजमा एवस्युलुट नखोज दिने भएन नि त । कस्तो हुन्छ भने अहिले तपाईले भनेको जस्तो समान्य रुपमा हुँदैन् । म तपाईलाई भन्छु कहिले काही किन चुप बस दिन्छौं भने संघीय सरकारको नियम एक चोटी मलाई लाग्छ दुई वर्ष अगाडि एक स्वास्थ्यकर्मी एक स्थान चुज भनेर आयो । निर्णय पास गर्यो नीतिमा आयो सरकारको कार्यान्वयन भयो त ? के भन्या छ भने एउटा स्वास्थ्यकर्मी एक ठाउँमा काम गर्ने । त्यसको लागि सरकारले व्यवस्था गर्ने कुरा भनेको थियो । यसको मतलव यो होइन कि तपाई डिउटी आवरमा डिउटी छोडेर बाहिर जानुस भनेर भनेको छैन् । आफ्नो डिउटी मिलाएर बाहिर जाओस । अव तपाई भनेको कुरा संग पनि सहमत छु म नभएको होइन् तर पनि उनीहरुलाई हामीले मौखिक रुपमा आह्वान गरिरहेका छौं । यसमा हामी तपाई सवैको साथ चाहियो, नागरिक सामाज छ, तपाई हाम्रो पत्रकार मित्र छन् , मिडियाका साथिहरु छन् । आज सम्म धेरै कम भएको छ तर, कति जना मिडियाका साथीले कति जनालाई हाइलाइट गर्दियो ? यो डाक्टरको डिउटी अस्पतालमा छ तर अहिले निजी क्लिनिकमा त निजी अस्पतालमा काम गर्दैछन् ?

Comment


Related News