अपडेट 
२०८० फाल्गुन २४, बिहीबार १३:३०

जनता समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा जाने भएको छ ।

बिहीबार बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले अध्यक्ष यादवको नेतृत्वमा सरकारमा जाने निर्णय गरेको हो ।

जसपाका प्रमुख सचेतक प्रदीप यादवका अनुसार उपेन्द्र यादव उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री बन्नेछन् । त्यस्तै सुशीला श्रेष्ठलाई राज्यमन्त्रीमा पठाउने निर्णय भएको छ ।

प्रदीप यादव र नवलकिशोर साहमध्ये एक जना वनमा पठाउने केन्द्रीय कार्यकारिणी समितिको निर्णय भएको छ । प्रदीप यादवले भने, `अध्यक्षज्यूको नेतृत्वमा जाने निर्णय भयो । एकजना राज्यमन्त्री र एक जना अर्को मन्त्री अध्यक्षले नै टुंग्याउने जिम्मेवारी दिइएको छ ।´

 

Comment


Related News

Latest News

Trending News