अपडेट 
२०८० फाल्गुन २५, शुक्रबार ०७:०१

सत्ता गठबन्धनको प्रमुख साझेदार रहेको जनता समाजवादी पार्टी (जसपा) नेपालमा मन्त्रीको टुंगो लगाउन सकस भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र वन तथा वातावरण मन्त्रालय पाएको जसपाबाट उपप्रधान सहित स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी अध्यक्ष उपेन्द्र यादव र वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी नवलकिशोर साहले सम्हाल्ने छन् ।

अध्यक्ष यादव बाराको निर्वाचन क्षेत्र नम्बर २ बाट र साह सप्तरीको निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा धनुषा– १ बाट निर्वाचित दीपक कार्की नियुक्त हुने भएका छन् ।

उच्च स्रोतका अनुसार मन्त्रीहरुको नियुक्ति र सपथग्रहण शुक्रबार हुने छ ।

Comment


Related News

Latest News

Trending News