अपडेट 
२०८० फाल्गुन २६, शनिबार ०७:५६

लोकतान्त्रिक समाजवादी पार्टी( लोसपा)का वरिष्ठ नेता राजेन्द्र महतो अलग्गिएको महिना नबित्दै अर्का वरिष्ठ नेता अनिल कुमार झाले पनि पार्टी छाडेर नेपाल सद्भावना परिषद्लाई ब्यूँताउन लागेका छन् ।

नेपाली कांग्रेस छाडेर पञ्चायतकालमा मधेशवादी नेता गजेन्द्रनारायण सिंहले नेपाल सद्भावना परिषद् को गठन गरेका थिए । देशमा बहुदलीय व्यवस्था सुरु भएपछि त्यसको नाम नेपाल सद्भावना पार्टी (नेसपा) गरिएको थियो । केही समयदेखि राजनीतिक गतिविधिबाट टाढा रहेका झाले नेपाल सद्भावना परिषद्लाई ब्यूँताउन सकृय भएका छन् ।

लोसपाका अध्यक्ष महन्थ ठाकुरले पछिल्लो पटक पार्टीको केन्द्रीय निकायहरुलाई पुनर्गठन गरेपछि झा पनि असन्तुष्ट भएर बाहिरिएका छन् । महतो पनि बहुल राष्ट्रिय अभियानमा लागेका छन् । महतो र झा लोसपा करिब साथसाथै छाडे पनि फरक –फरक अभियानमा लागेका छन् ।

बिहीवार महतो र झा जनकपुरधाममा नै रहे पनि संयुक्त बैठक नभएको बताइएको छ ।

Comment


Related News

Latest News

Trending News