अपडेट 
२०८० फाल्गुन २६, शनिबार ०८:०५

जनकपुरधामस्थित जानकी मन्दिर परिसरमा चलिरहेको दिब्य जानकी चरित्रमा आधारित कथा वाचनस्थलमा पुष्पवृष्टि गरिएको छ ।

सीताको जीवनीमाथि आधारित रहेर चलिरहेको कथा वाचनको क्रममा व्यवसायी मनोज रुंगटाले हेलिकप्टरबाट पुष्पवृष्टि गराएका थिए । कथावाचक मुरलीधरले रामायणमा आधारित सीताको कथा, धनुष यज्ञको कथा, वैवाहिक जीवनदेखि सन्तानसम्मका सीताको भूमिका र चरित्रमाथि प्रकाश पारेको थियो ।

महाशिवरात्रिको अवसरमा जनकपुरधामको जानकी मन्दिर, राम मन्दिर, शिव मन्दिर लगायतका मन्दिरमा सीताको विवाहको क्रममा भएको विभिन्न पारम्परिक सांस्कृतिक विधि र सीताको विवाहसहितको कथालाई समेटिएर कथावाचक मुरलीधरले दस दिवसीयरुपमा कथा वाचन गर्दैछन् ।

सो क्रममा व्यवसायी रुंगटाले जानकीको चरित्रमाथि आधारित रहेर गरिएको कथावाचनस्थलमा हेलिकप्टरबाट पुष्पवृष्टि गरेका थिए ।

Comment


Related News

Latest News

Trending News