अपडेट 
२०८० फाल्गुन २७, आईतवार ०६:४९

मुख्यमन्त्री सरोज कुमार यादवले प्रदेशको शासकीय सुव्यवस्थामा सशस्त्र प्रहरीको भूमिका प्रशंसनीय रहेको बताएका छन् ।

सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्मस्ता बाहिनी बर्दिवासमा आयोजित २२ औं स्थापना दिवसको अवसरमा मुख्यमन्त्री यादवले शान्ति सुरक्षाको सबालमा सशस्त्र प्रहरीले खेल्दै आएको भूमिकाको समेत प्रशंसा गरे । शान्ति सुरक्षामा अहोरात्र खटने सशस्त्र प्रहरीहरुको न्युन्तम सेवा सुविधा समेत उपलब्ध नभई रहेको प्रति चिन्ता व्यक्त गर्दै मुख्यमन्त्री यादवले त्यस तर्फ अविलम्ब ध्यान दिन संघ सरकारलाई ध्यानाकर्षण समेत गराए । उनले भने–‘सशस्त्र प्रहरीहरुले न्यूनतम सेवा सुविधा समेत पाउन सकेको छैन । त्यसका लागि संघ सरकारलाई आग्रह गर्दछु ।’ शान्ति सुरक्षाका लागि आवश्यक स्रोत साधन प्रदेश सरकारले समेत उपलब्ध गराउने आश्वासन दिदै मुख्यमन्त्री यादवले भने–‘प्रदेश सरकारले आफनो सामथ्र्यले भ्याए सम्म सहयोग गर्न तयार छ ।’

सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्मस्ता बाहिनी बर्दिवासका बाहिनीपति डिआईजी दीपेन्द्र शाहको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सशस्त्र प्रहरीका एआइजी चन्द्र प्रसाद गौतम, मुख्य न्यायाधिवक्ता वीरेन्द्र ठाकुर, प्रदेश सभा सदस्य शारदा थापा सहित सुरक्षा निकायका प्रदेश स्थित प्रमुखहरु, समाज सेवी, उद्योगी लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा वार्षिकोत्सवको अवसरमा आयोजित विभिन्न प्रतियोगिताका विजेताहरुलाई मेडल, ट्रफी, एवं उत्कृष्ट प्रहरी कर्मचारीहरुलाई पुरस्कार प्रदान गरिएको थियो ।

Comment


Related News

Latest News

Trending News