अपडेट 
२०८० फाल्गुन २७, आईतवार १२:३७

प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

प्रधानमन्त्रीले जनता समाजवादी पार्टी (जसपा)का दुई मन्त्रीलाई समेटेर मन्त्रिपरिषद विस्तार गरेका हुन् ।

आज विस्तार भएको मन्त्रिपरिषदमा जसपाबाट अध्यक्ष उपेन्द्र यादव उपप्रधानसहित स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री र नवलकिशोर साह वन मन्त्री बनेका छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री दाहालले यादव र साहलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।

प्रधानमन्त्री दाहालले पहिलो पटक फागुन २१ र २३ गते दुई पटक मन्त्रिपरिषद विस्तार गरेका थिए । यसअघि मन्त्रिपरिषदमा नेकपा एमाले, माओवादी केन्द्र, रास्वपा र एकीकृत समाजवादीबाट मन्त्री बनेका थिए ।

Comment


Related News

Latest News

Trending News