अपडेट 
२०८० फाल्गुन २७, आईतवार १४:३७

नवनियुक्त उप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले पदभार ग्रहण गरेका छन् ।

आइतबार शितल निवासमा पद तथा गोपनियताको सपथ लिएपछि मन्त्रालय पुगेर पदभार ग्रहण गर्दै यादवले संघीय तथा प्रादेशिक अस्पतालहरुमा शल्यक्रियाको समय लिन विरामीको लामो लाइन हुने अवस्था रहेकाले घरैबाट शल्यक्रियाको समय लिन सक्ने निर्णय गर्नुभएको हो ।

बिरामीहरु लामो लाइन बसेर उपचार सेवा लिनुपर्ने बाध्यताको अन्त्य हुनुपर्ने भन्दै उहाले सहज बनाउदै बिरामीले समयमै उपचार सेवा पाउने गरी अनलाइन एवं डिजिटल प्रविधिमार्फत घरैबाट पनि समय लिने व्यवस्था मिलाउने धारणा राख्नुभयो ।

यादवले गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउँदै सरकारी स्वास्थ्य संस्थाको क्षमतावृद्धि र विकास गर्ने प्रतिवद्धता जनाउनुभयो । त्यस्तै उहाले जनताको सेवा गर्नेलाई वरीयताको वास्ता नहुने जिकिर गनुृभयो ।

जसपा अध्यक्ष यादव गत वैशाख १० गते सम्पन्न प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा बारा क्षेत्र नम्बर २ बाट निर्वाचित हुनुभएको थियो । उहा यसअघि पनि उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री भइसक्नुभएको छ ।

Comment


Related News

Latest News

Trending News