अपडेट 
२०८० फाल्गुन २७, आईतवार १५:३४

राष्ट्रिय सभा अध्यक्षको चुनाव पर्सि मङ्गलवार हुने भएको छ ।

आज बसेको राष्ट्रिय सभा बैठकमा सभाको अध्यक्षता गर्नुभएकी उपाध्यक्ष उर्मिला अर्यालले फागुन २९ गते मतदानको मिति तोक्नुभएको हो ।

त्यसअघि बिहान बसेको राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठकले पूर्वनिर्धारित समय फागुन २९ गते नै चुनाव गर्ने निर्णय गरेको थियो । बैठकमा कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले चुनावको मिति सार्न प्रस्ताव गरे पनि बैठकले अस्वीकृत गरेको छ ।

मङ्गलवार हुने चुनावका लागि भोलि साेमवार मनोनयन दर्ता हुनेछ । यसअघि राष्ट्रिय सभाको अध्यक्ष रहेका गणेशप्रसाद तिमिल्सनाको कार्यकाल सकिएकोले अध्यक्षको चुनाव हुन लागेको हो ।

नयाँ गठबन्धनमा राष्ट्रिय सभा अध्यक्ष माओवादीले पाउने सहमति भएको छ ।

Comment


Related News

Latest News

Trending News