अपडेट 
२०८० फाल्गुन २७, आईतवार १९:३४

मधेस केन्द्रीत दलहरु जनमत पार्टी, तमलोपा र जनता प्रगतिशील पार्टीबिच कार्यगत एकता भएको छ । आइतबार ती दलले कार्यगत एकता गर्ने घोषणा गरेका हुन् ।

जनमत पार्टीका अध्यक्ष सिके राउत, जनता प्रगतिशील पार्टीका ह्रदयेश त्रिपाठी र तमलोपाका अध्यक्ष अध्यक्ष वृषेन्द्रचन्द लालले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै कार्यगत एकताको घोषणा गरेका हुन् ।

यसअघि तमलोपा र जनता प्रगतिशीलबिच कार्यगत एकता भएको थियो । सो अभियानमा जनमत पार्टी पनि मिसिएको हो । जनता प्रगतिशिल पार्टीले कार्यगत एकताका लागि लोसपा र नागरिक उन्मुक्ति पार्टीलाई पनि प्रस्ताव गरेको छ ।

तीन दलले देशको वर्तमान परिस्थितिप्रति चिन्तित र सजग भएको भन्दै ७ बुँदे सहमति समेत गरेका छन् ।

ती दलले नेपालको संविधानको रक्षार्थ समसामयिक संशोधन गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढिकरण गर्न, तराई मधेशका साथै सम्पूर्ण देशमा सुशासन र समृद्धिको लक्ष्य प्राप्ति गर्न, विद्यमान सबै प्रकारका विभदेहरु अन्त्य गर्न, उत्पादनमुखी अर्थतन्त्र स्थापित गरी राष्ट्रिय पूँजी निर्माण गर्ने लगायत ७ बुँदे सहमति गरेका छन् ।

Comment


Related News

Latest News

Trending News