अपडेट 
२०८० फाल्गुन २८, सोमबार ०८:२९

पूर्वाधार विकास कार्यालय महोत्तरीबाट ठेक्का भएका विभिन्न आठ वटा सडक कालोपत्रको काम अलपत्र परेको छ । एक प्रदेश निर्वाचन क्षेत्र, एक सडक कार्यक्रम अन्तर्गत प्रदेश सरकारको ४८ करोड ७३ लाख ९२ हजार ४ सय ५६ रुपैयाँ आर्थिक सहयोगमा निर्माणाधीन ती सडकको काम अलपत्र परेको छ ।

कालोपत्रे गर्ने कार्यको सम्झौता अवधि सकिए पनि सडक बन्न नसक्दा धुलो र गिट्टीका कारण सर्वसाधारणले जोखिमपूर्ण यात्रा गर्नु परेको छ । जसले बालबालिका, बृद्धबृद्धा, आँखाबाट कमजोर देख्न सक्नेलाई समस्या भएको मटिहानी नगरपालिका–३ आवरका हेमचन्द्र यादवले बताए । २०७९ असारमा ठेक्का लिएका २०८० पुस १५ भित्र काम सक्ने गरी प्रत्येक निर्वाचन क्षेत्रमा ५ किलोमिटर कालोपत्रे सडक गर्न ठेकेदार कम्पनीले पहिलो चरणको सम्झौता गरेका थिए ।

यो अवधिमा काम नसकिएपछि दोस्रोपटक म्याद थप्ने प्रक्रिया सुरु भएको पूर्वाधार विकास कार्यालयका ईन्जिनियर बीरेन्द्र साहले बताए । डेढ वर्षमा सबै सडकको कार्य प्रगति औसतमा २५ देखि ६० प्रतिशत भएको छ । सबबेस’, ‘स्ट्रक्चर’ र कतैकतै बेसको काम सकिएर रोलिङको काम भइरहेको छ । प्रत्येक सडकको ठेक्का रकम साढे पाँच करोडदेखि सात करोड ८४ लाख सम्मको छ । जिल्ल्लाका लागि यो आठवटै सडक कालोपत्रे भइसकेपछि प्रत्येक पालिकाको कनेक्सन जोडिन्छ । तर प्रदेश सरकारको बजेट अभावसँगै निर्माण व्यवसायीको ढिलासुस्तीले सडक निर्माणले गति लिन सकेको छैन् ।

सडक लथालिङ गरेर छाडिएकाले सडकमा दुर्घटनाको साह्रै डर छ, मनरासिस्वा नगरपालिकाका प्रकाश रायले भने डोजरले पुरानो कल्भर्ट उखेलेर यत्रतत्र छाडिएको छ । गिट्टी त्यतिकै छाडेपछि बाइक चिप्लिने सधैं डर छ । मनरासिस्वा नगरपालिकाका नगरप्रमुर्ख मोहन पाण्डेले सडकको काम गुणस्तरीहीन र बजेटका अनुसार नभएकाले छानविन गर्नुपर्नेमा जोड दिए ।

बर्दिवास ५ हाइवे देखि खयरमारासम्म सडक, पूर्व पश्चिम राजमार्ग खयरमारा बजार बहुप्राविधिक शिक्षालय मरिनाखोला मदन भण्डारी लोकमार्ग सडक, थरुवाही रेन मरुवाही मधवा सडक ,मनरासिस्वा १ मनरादेखि सोनोल लक्ष्मीनिया बैरगिया रामगोपालपुर टेंगेर भेटपुर हुदै हुलाकी सडक, बलवा नगरपालिका ११ भल्नी अध्यानपुर दोलाठी भेटपुर सडक, रतवारा हुदै गोनरपुरा हिरदुआ बलवा बजार देमनमा सरन्चिया विर्ता सडक खैरबनी बोर्डर देखि खेस्राहा मगरथाना सडक र सारी देखि सिमरदही धिरापुर मझौरा विसनपुर गोवरौरा हुदै दनौलीसम्म सडक गरी आठ वटा सडकको ठेक्का स्वच्छन्द कमल वीएमएमविल्र्डस जेभि जनकपुरधाम शिव शक्ति लक्ष्मण रेखा जेभी, पुष्पाञ्जली कन्ट्रक्सन काठमाण्डौ, पीआर ओम जेभी धनेशवरी ९ सप्तरीले लिएका छन ।

पूर्वाधार विकास कार्यालयका अनुसार बर्दिवास ५ हाइवे देखि खयरमार ासम्म सडकको कालो पत्रे गर्ने ठेक्का शिव शक्ति लक्ष्मण रेखा जेभीले ५ करोड ३५ लाख रुपैयाँमा लिएका छन् । २०७९ असारमा ठेक्का लिएका सो कम्पनीले ४ किलोमिटर वेस तयार गरेका छन् । यसको भौतिक प्रगति ६० प्रतिशत मात्र रहेको छ । थरुवाही रेन मरुवाही मधवा सडकको ठेक्का पाएका शिव शक्ति लक्ष्मण रेखा जेभीले काम शुरु गरेका छन् । उनले ५ करोड ६८ लाखमा ठेक्का पाएका छन् ।

पूर्व पश्चिम राजमार्ग खयरमारा बजार बहुप्राविधिक शिक्षालय मरिनाखोला मदन भण्डारी लोकमार्ग सडक हो ५ करोड ५८ लाख मा पुष्पाञ्जली कन्ट्रक्सन काठमाण्डुले ठेक्का लिएका थिए । यसको भौतिक प्रगति ६० प्रतिशत रहेका छन् । साढ़े चार किलोमीटरमा बेस तयारी कार्य शुरु गरेका छन् । मनरासिस्वा १ मनरादेखि सोनोल लक्ष्मीनिया बैरगिया रामगोपालपुर टेंगेर भेटपुर हुदै हुलाकी सडक निर्माण गर्ने ठेक्का पीआर ओम जेभी धनेशवरी ९ सप्तरीले ५ करोड ३३ लाख रुपैयाँमा ठेक्का लिएका थिए ।

यसको ५० प्रति शत कार्य प्रगति गरेका छन् । सारी देखि सिमरदही धिरापुर मझौरा विसनपुर गोवरौरा हुदै दनौलीसम्म सडकको ७ करोड ८४ लाख ८१ ह्जार ५ सय ४३ रुपैयाँमा ठेक्का लिएका पीआर ओम गणेश जेभी धनेश्वरी ९ सप्तरीले ५० प्रतिशत भौतिक प्रगति गरेका छन् । बलवा नगरपालिका ११ भल्नी अध्यानपुर दोलाठी भेटपुर सडकको ६ करोड ४९ लाख ६६ हजार ७सय ६३ रुपैयाँमा ठेक्का लिएका जगदम्बा मिसन विजया सिर्जना जेभि काठमाण्डु बानेश्वरले ५५ प्रतिशत भौतिक प्रगति गरेका छन् ।

रतवारा हुदै गोनरपुरा हिरदुआ बलवा बजार देमनमा सरन्चिया विर्ता सडक ६ करोड १ लाख २८ ह्जार १ सय ४९ रुपैयाँमा ठेक्का लिएका स्वच्छन्द कमल वीएमएमविल्र्डस जेभि जनकपुरधामले २५ प्रतिशत भौतिक प्रगति गरेका छन् र खैरबनी बोर्डर देखि खेस्राहा मगरथाना सडक ६ करोड ४४ लाख १६ हजार १सय ६० रुपैयाँमा ठेक्का लिएका जगदम्बा मिसन विजया सिर्जना जेभि काठमाण्डु बानेश्वरले ५० प्रतिशत भौतिक प्रगति गरेका छन् । प्रत्येक सडक ५ किलोमीटर निर्माण हुनेछ ।

पूर्वाधार विकास कार्यालय महोतरीका प्रमुख राजेश लाल कर्णले निर्माण कम्पनीहरुलाई ताकेता गर्दै आए पनि निर्माण कार्य अगाडि नबढाएको बताए । तर सम्झौता बमोजिम काम सम्पन्न गर्ने तदारुकता नदेखाएको उनले बताए । सरकारले सडकको भौतिक प्रगतिअनुसार निर्माण कम्पनीलाई बजेट निकासा नगरेकाले निर्माण कम्पनीले काममा ढिलासुस्ती गरेकाले ती सडक अलपत्र परेका मधेश प्रदेश नेकपा एमाले संसदीय दलका नेता सरोज यादवले भने उनले सडक निर्माण कार्यलाई द्रुत गतिमा बढाउनका लागि सरकारसंग बजेटको माग गरे । मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ मा महोतरीका विभिन्न ८ वटा सडकलाई कालोपत्र गर्न ४८ करोड ७३ लाख ९२ हजार ४ सय ५६ रुपैयाँ विनियोजन गरेको थियो । कालोपत्रमा रकम अभाव हुन नदिन प्रदेशले चालु आर्थिक वर्षमा थप १२ करोड रुपैयाँ विनियोजन गरेको छ । तर, सडक निर्माणको काम निर्धारित समयमा नहुँदा आर्थिक वर्ष २०८०/८१ मा आएको १२ करोड रुपैयाँ फिर्ता जाने सम्भावना बढी रहेको पूर्वाधार विकास कार्यालय महोतरीले जनाएको छ । पुस मसान्तसम्म निर्माण सकिनुपर्ने ठेक्काको काम हालसम्म २५ देखि ६० प्रतिशत मात्र भएको छ ।

पुससम्मको निर्धारित समयभित्र कालोपत्र सम्पन्न नभएपछि ठेकेदार कम्पनीकै अनुरोधमा पूर्वाधार विकास कार्यालयले बैशाखसम्म म्याद थपे पनि कामले गति लिएको छैन । प्रदेश सरकारले आठवटै सडकका लागि चालू आर्थिक वर्षमा डेढ/डेढ करोड गरी १२ करोड थप गरेको थियो । ‘सडक कालोपत्र गर्दा रकम अभाव नहोस् भनेर प्रदेशले थप बजेट विनियोजन गरेको हो’ एक प्राविधिक भन्छन्, ‘तर, समय अवधि बमोजिम निर्माण कार्य नहुँदा पुरानै विनियोजित रकम सकिएको छैन्, चालू आवमा आएको पैसा फिर्ता हुने बढी सम्भावना छ ।

Comment


Related News

Latest News

Trending News