अपडेट 
२०८० फाल्गुन २९, मंगलवार ०८:१५

उधोग व्यवसाय क्षेत्रको गुनासो प्रति सरकार सम्बेदनशिल नभएको गुनासो व्यक्त गरिएको छ । वीरगञ्ज उधोग वाणिज्य संघको ४८ औं वार्षिक साधारण सभामा उधोगी व्यापारीहरुले यस्तो गुनासो व्यक्त गरेका हुन ।

सुमधुर सम्बन्ध,सम्मानजनक व्यवहार,सुदृढ निजीक्षेत्र,नया नेपालको आधार नाराका साथ वीरगन्ज उधोग वाणिज्यसंघको ४८औ साधारण सभा सम्पन्न भएको छ । मुलुककै पुरानो उधोग वाणज्य संघको रुपमा रहेको वीरगन्ज उधोग बाणिज्य संघका पदाधिकारीहरुले पुरानै गुनासो पुन व्यक्त व्यक्त गरेका छन ।

उधोग व्यापार सहजि र मुलुकको दिगो आर्थिक विकासले आफु आफुहरुले राखेको गुनासो प्रति सरकार उदासिन भएको दुखेसो पुन व्यक्त गरेका छन ।

४८ औं वार्षिक साधारण सभाका प्रमुख अतिथि नेपाल उधोग वाणिज्य महासंघका केन्द्रिय अध्यक्ष चन्द्रप्रसाद ढकालले रसिया–युक्रेन युद्धको कारण प्रभावबाट नेपाल पनि बन्चित हुन नसकेको बताउनु भयो । निजिक्षेत्रले सरकारलाई दिएको सुझाव समयमा कार्यान्वयन नभएको कारण मुलुकमा आर्थिक संकट आएको उधाको भनाइ थियो ।

वीरगंञ्ज उधोग वाणिज्य संङ्घको निति तथा कार्यक्रम बारे जानकारी गराउदै वीरगन्ज उधोग वाणिज्य संघका अध्यक्ष अनिल कुमार अग्रवालले मोफसलका उद्योग व्यवसायसँग सम्बन्धित समस्याको समाधान गर्ने दिशामा केन्द्रको प्रभावकारी नभएको गुनासो व्यक्त गर्नुभयो ।

उद्योग र व्यवसाय क्षेत्रको वर्तमान अवस्था यस क्षेत्रलाई प्रभाव पार्ने नीति, नियम र क्रियाकलापहरुका साथै दिगो आर्थिक विकास तर्फ कुनै पनि सरकार सम्बेदनशिल नभएको उहाको भनाइ थियो । अपारदर्शीशुल्क, बढदो भंसार र करका दरहरु, जटिलप्रशासनिक प्रक्रियाहरु,गैर– भंसार अवरोधका जस्ता अनेकन निति नियमले निरिह बनेको निजिक्षेत्र मृतअवस्थामा पुगेको गुनासो अध्यक्ष अग्रवालले व्यक्त गर्नु भयो ।

त्यस्तै, नेपाल उद्योग वाणिज्य संङ्घका केन्द्रिय सदस्य डा.सुबोध गुप्ताले उधोगी व्यवसायीहरुको आवस्था दिनप्रतिदिन खराब हुदै गएको र कतिपय कलकारखाना बन्द हुने अवस्थामा पुगेको बताउनु भयो ।

केन्द्रिय सदस्य गुप्ताले बिधुत प्राधिकरणको पुर्वसुचना बिनाको अघोसित ८ देखि १२ बारह घण्टा सम्म लोडसेडिङ प्रति सरकारको ध्यानाकर्षण गराउने भयो ।

नेपाल उधोग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको प्रमुख अतिथिमा भएको वार्षिक साधारणमा विशिष्ट अतिथि नेपाल उद्योग वाणीज्य सङ्घकी उपाध्यक्ष सुरकृषण बैध,उपाध्यक्ष हेमराज ढकाल, उपाध्यक्ष जोतसना श्रेष्ठ,बिरगंज उधोग वाणिज्य संघका उपाध्यक्ष माधव राजपाल,जिल्ला प्रसासन कार्यालय पर्साका प्रशासकीय अधिकृत बिनय श्रीवासतव,भारतिय महावाणिज्य दूतावासका महावाणिज्यदूत देवीसहाय मिणा, नेपाल उधोग वाणिज्य संङ्घका मधेश प्रदेश अध्यक्ष असोक कुमार टेमानी,लगायतको व्यक्तिहरुको सहभागीता रहेको थियो ।

Comment


Related News

Latest News

Trending News