अपडेट 
२०८० चैत्र १, बिहीबार ०७:१६

गर्मीयाममा खानेपानीको हाहाकार हुने समस्यालाई दृष्टिगत गर्दै जनकपुरधाम उप– महानगरपालिकामा बोरिंग सञ्चालनमा ल्याइएको छ ।

यससंगै ढल तथा नालाको व्यवस्थापन गर्ने आन्तरिक तयारी थालिएको जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साहले बताएका छन् । आइयुडिपी अन्तर्गत नाला तथा ढल निकासका लागि सुधार गर्न थालिएको समेत जनकपुरधाम उपमहानगरपालिकाका मेयर साहले जानकारी दिए ।

आइयुडिपी कार्यक्रम अन्तर्गत जनकपुरधाम उपमहानगरको सहकार्यमा घर, विद्यालयदेखि सरकारी कार्यालयसम्मका पानी र वर्षातको पानीलाई पनि नाला मार्फत पोखरीमा सिंचित गर्ने गरी नाला तथा ढल व्यवस्थापनको कार्य अघि बढाइएको मेयर साहले बताए । सो पानी जनकपुरधामस्थित पोखरीहरुमा जम्मा गरेर जनकपुरधाममा गर्मीयाममा पोखरी सुख्ने समस्या समाधान हुने मेयर साहले बताए ।

जनकपुरधाम उपमहानगरपालिकाले नगरको विभिन्न ठाउँमा खानेपानीका लागि स्थापना गरिएको बोरिंग धमाधम सञ्चालनमा ल्याउन थालेको छ ।

उपमहानगरका मेयर साहले तिरहुतिया गाछीमा ठूलो बोरिंग स्थापना गरी सञ्चालनमा ल्याइएको बताउँदै जनकपुरधामस्थित गंगासागर पोखरीको डिलमा, आनन्दनगरलगायतका विभिन्न ठाउँमा रहेको बोरिंग छिट्टै सञ्चालनमा आउने जानकारी दिए । उनले सो बोरिंग सञ्चालनमा आइ सकेपछि जनकपुरधाममा पानीको हुने समस्या समाधान हुने विश्वास व्यक्त गरे ।

Comment


Related News

Latest News

Trending News