अपडेट 
२०८० चैत्र १, बिहीबार ०७:४३

जलेश्वर नगरपालिका–३ मलिवारामा बुधबार पोखरीमा डुबेर एक बालिकाको ज्यान गएको छ ।

पोखरीमा डुबेर स्थानीय मङ्गल पाण्डेकी छोरी दुई वर्षीया रुचिको ज्यान गएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिनुभयो ।

घर अगाडि खेल्दै गरेकी बालिका घरभन्दा ५० मिटरको दुरीमा रहेको बरका पोखरीमा डुबेकी थिइन् । मृतक बालिकाको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जलेश्वर पठाएको प्रहरीले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News