अपडेट 
२०८० चैत्र २, शुक्रबार १०:४२

मिथिला माध्यमिकी परिक्रमा आज महोत्तरीको मडै पुग्दै छ ।

पाँचौ दिन जलेश्वर पुगेर रात्रि विश्राम गरेका परिक्रमामा सहभागी श्रद्धालुभक्तजन आज बिहानैदेखि महोत्तरी गाउँपालिका स्थित मडैको लागि प्रस्थान गरेका छन् ।

फागुन २७ गते धनुषाको मिथिलाबिहारी नगरपालिकास्थित ठेरा कचुरी मठबाट भगवान राम र जनकपुरको अग्नीकुण्डबाट जानकीको डोलासहित परिक्रमा सुरु भएको थियो । मडैबाट परिक्रमा टोली हिँडेपछि भोली ध्रुवकुण्ड पुग्छन् र त्यहाँ राति विश्राम पश्चात क्रमशः कञ्चनवन, पर्वता, धनुषाधाम, औरही, विशौल हुँदै पुनः कल्याणेश्वर र त्यसपछि पूर्णिमाका दिन जनकपुरधाम फर्कने छन् । जनकपुरमा फागु पूर्णिमाको दिन होलिका दहनपश्चात अन्तरगृह परिक्रमा गरी माध्यमिकी परिक्रमा समापन हुने गर्छ ।

नेपाल र भारतको सीमाक्षेत्रका जनताबीच सामाजिक तथा धार्मिक सद्भावका लागि अति नै महत्वपूर्ण मानिएको यो परिक्रमाको क्रममा नेपालका १३ र भारतका दुई गरी जम्मा १५ वटा विश्रामस्थलहरुमा परिक्रमाबासीले विश्राम गर्ने गर्छन् ।

Comment


Related News

Latest News

Trending News