अपडेट 
२०८० चैत्र २, शुक्रबार १०:४८

संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (यूएनडिपी)ले सार्वजनिक गरेको मानव विकास प्रतिवेदनअनुसार नेपाल तीन स्थान माथि उक्लिएको छ ।

सन् २०२३/०२४ को प्रतिवेदनअनुसार नेपाल १४६ औँ  स्थानमा आइपुगेको हो । यसअघि सन् २०२१ को प्रतिवेदनमा नेपाल १४९ औँ स्थानमा थियो ।

यूएनडिपीले विश्वव्यापी रूपमा सार्वजनिक मानव विकास प्रतिवेदन २०२३/०२४ ले नेपालले शून्य दशमलव शून्य एकले प्रगति गरेको जनाएको छ । प्रतिवेदन अनुसार सन् २०२१ को तुलनामा नेपालको मानव विकास सूचकांकमा शून्य दशमलव ०१० ले प्रगति गरेको छ, जुन विश्वव्यापी औसत शून्य दशमलव ००४ भन्दा बढी हो ।

१ सय ९३ वटा देश र भूभागहरूमध्ये १ सय ४६ औँ स्थानमा रहेको नेपाल मध्यम मानव विकास श्रेणीमा परेको यूएनडिपीको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनले युवाका लागि मर्यादित रोजगारी, स्थानीय र सामाजिक असमानता तथा आर्थिक वृद्धिमा सुधारको लागि जोड दिएको छ ।

प्रतिवेदन अनुसार मानव विकासको सूचकांकको पहिलो स्थानमा स्वीजरल्याण्ड रहेको छ ।

Comment


Related News

Latest News

Trending News