अपडेट 
२०८० चैत्र २, शुक्रबार १६:१३

मोरङको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत एक स्टाफ नर्स मृत भेटिएकी छन् ।

अस्पतालनजिकै डेराको बाथरुममा चन्द्रिकाकुमारी दासको शव शंकास्पद अवस्थामा भेटिएको प्रहरीले बताएको छ । शरीरका केही भागमा धारिलो हतियारको चोट देखिएकाले उनको हत्या भएको प्रारम्भिक अनुमान रहेको मोरङका एसपी नवराज कार्कीले बताए । डेरा बसेको घरको कोठाभित्रको शौचालयमा दिउँसो १२ बजेतिर शव फेला परेको उनले जानकारी दिएका छन् ।

धारिलो हतियार प्रहार गरेर हत्या गरेको अवस्थामा शव भेटिएको मोरङ प्रहरीका प्रवक्ता रञ्जनकुमार दाहालले जानकारी दिए ।

दासको घाँटी, अनुहारलगायत शरीरका विभिन्न भागमा धारिलो हतियारले हानेको गहिरो चोट छ ।

घटनास्थलमा पुगेर डीएसपी दाहाल नेतृत्वको टोलीले अनुसन्धान सुरु गरेको छ ।

Comment


Related News

Latest News

Trending News