२०८० चैत्र २, शुक्रबार १६:१३
मोरङको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत एक स्टाफ नर्स मृत भेटिएकी छन् ।
अस्पतालनजिकै डेराको बाथरुममा चन्द्रिकाकुमारी दासको शव शंकास्पद अवस्थामा भेटिएको प्रहरीले बताएको छ । शरीरका केही भागमा धारिलो हतियारको चोट देखिएकाले उनको हत्या भएको प्रारम्भिक अनुमान रहेको मोरङका एसपी नवराज कार्कीले बताए । डेरा बसेको घरको कोठाभित्रको शौचालयमा दिउँसो १२ बजेतिर शव फेला परेको उनले जानकारी दिएका छन् ।
धारिलो हतियार प्रहार गरेर हत्या गरेको अवस्थामा शव भेटिएको मोरङ प्रहरीका प्रवक्ता रञ्जनकुमार दाहालले जानकारी दिए ।
दासको घाँटी, अनुहारलगायत शरीरका विभिन्न भागमा धारिलो हतियारले हानेको गहिरो चोट छ ।
घटनास्थलमा पुगेर डीएसपी दाहाल नेतृत्वको टोलीले अनुसन्धान सुरु गरेको छ ।


