अपडेट 
२०८० चैत्र २, शुक्रबार १९:३६

शुक्रबारदेखि सुरु भएको कक्षा ८ को बोर्ड परीक्षालाई थप मर्यादित बनाउन सिरहाको मिर्चैया नगरपालिकाका मेयर श्रवण कुमार यादवले परीक्षा केन्द्रहरुको स्थलगत अनुगमन गरेका छन् ।

परिक्षालाई थप अनुशासित र मर्यादित बनाउन नगर प्रमुख यादवसहित, पालिकाका विभिन्न शाखाका पदाधीकारी, हेम नारायण यादव, श्रवण महतो, जित साह, युवराज र इन्द्रजित यादव लगायतले अनुगमन गरेका थिए ।

अनुगमन टोलीले सितापुर फुलवरिया ,श्रीमोहन माध्यमिक ,शारदा माध्यमिक बिद्यालय र परिक्षा केन्द्र तोकिएको बिद्यालयहरुमा सञ्चालित परीक्षाको अनुगमन गर्नुका साथै परीक्षा व्यवस्थित बनाउन परीक्षा केन्द्र प्रमुखहरुलाई सुझाव दिएका थिए ।

मिर्चैया नगरपालिकामा ६ वटा सामुदायिक विद्यालय र १६ वटा निजी विद्यालय रहेका छन् । पालिकामा १ हजार २ सय ४५ विद्यार्थीले उक्त परिक्षा दिँदैछन् ।

Comment


Related News

Latest News

Trending News