अपडेट 
२०८० चैत्र ३, शनिबार ०६:४६

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादव बारा पुगेका छन् । बाराको कार्यक्रममा सहभागी भएपछि शुक्रबार रातिमा उनी र मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवबीच मधेश प्रदेश सरकार सम्वन्धमा वान टु वान कुराकानी भएको छ ।

केन्द्रमा नयाँ समीकरणको सरकार गठन भएपछि गठबन्धनमा आएका र गएकाहरुको सम्वन्धमा व्यापक छलफल भएको जनाइएको छ । गठबन्धनमा कांग्रेसको वर्हिगमन र एमालेको आगमनले मधेश प्रदेश सरकारमा फेरवदल हुने आकलन लगाइए पनि मधेश प्रदेशमा जसपाकै मुख्यमन्त्री रहने र वर्तमान सरकारमा केही फेरवदल हुन सक्ने सम्वन्धमा समेत कुराकानी भएको बताइएको छ ।

स्रोतका अनुसार मधेश प्रदेश सरकारको नेतृत्व जसपाले नै गर्ने तर, कांग्रेसले पाएका मन्त्रालय एमालेलाई दिने केन्द्रमा समेत सहमति भइसकेका कारण प्रदेशमा त्यस अनुरुप नै हुनेछ । मधेश प्रदेशमा नेपाली कांग्रेसले भौतिक पूर्वाधार, गृह र स्वास्थ्य मन्त्रालय लिएका छन् ।

हुनत लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले पनि वर्तमान गठबन्धनमा नअटाएका कारण मधेश प्रदेश सरकारमा वन मन्त्रालय लिएका लोसपालाई समेत वर्हिगमनको सम्बन्धमा छलफल भएको छ । लोसपाले रमेश कुर्मीलाई वन मन्त्री बनाएका छन् । लोसपा पनि बाहिरिए पछि मधेश प्रदेशमा चार वटा मन्त्रालय खाली हुनेछ ।

एमालेले मधेश प्रदेशमा मुख्यमन्त्री छाडे सवै मन्त्रालयमा दावी गरे पनि कांग्रेससंग रहेको मन्त्रालय एमालेलाई दिने र लोसपाले लिएको मन्त्रालय पछि छिनोफानो गर्दा उपयुक्त हुने मुख्यमन्त्री यादवले पार्टी अध्यक्ष यादव समक्ष व्रिफिङ्ग गरेको स्रोतको दाबी छ ।

मधेश प्रदेश सरकारको नेतृत्व सम्बन्धमा कुराकानी नमिल्दा जसपा पछि बाट सरकारलाई समर्थन दिएका थिए । मधेश प्रदेशको सम्बन्धमा छिनोफानो भएपछि मात्रै जसपाले वर्तमान सरकारलाई समर्थन दिएको गठबन्धनमा सहभागी भएको जसपा स्रोतको दाबी छ ।

मधेश प्रदेशमा जसपाकै मुख्यमन्त्री रहने र एमालेले कांग्रेसले लिएको मन्त्रालय लिने जसपाका एक कार्यकारिणी सदस्यको दाबी छ । उनका अनुसार पार्टी अध्यक्ष यदवसित प्रदेश सरकार बारे मुख्यमन्त्रीको निर्णायक छलफल भएको छ ।

Comment


Related News

Latest News

Trending News