अपडेट 
२०८० चैत्र ४, आईतवार ०७:४८

भारतको अयोध्यादेखि जनकपुरधामसम्म सिधा रेल सेवा सञ्चालनको तयारी थालिएको छ ।

अयोध्याधामबाट गोरखपुर हुँदै जनकपुरधामसम्म सिधा रेल सेवा सञ्चालन गर्ने तयारी थालिएको भारतीय रेल्वे वोर्डले जनाएको छ । वोर्डले प्रारम्भिक रुपमा पूर्वोत्तर र उत्तर रेल्वेलाई समय तालिका पठाउन निर्देशन दिएको छ ।

गोरखपुरका सांसद रवि किशनले रेलमन्त्री अश्वनी वैष्णवलाई चिठ्ठी लेख्दै अयोध्याधाम देखि गोरखपुर–नरकटियागंज हुँदै जनकपुरधाम सम्म रेल सञ्चालन गर्न माग गरेका थिए । यो रेल सेवा सञ्चालन भएपछि नेपालसम्म आउने सवै भन्दा लामो दूरीको पहिलो सिधा रेल सेवा हुनेछ ।

रेल्वे वोर्डका कार्यकारी निर्देशक यातायातको तर्फबाट २९ फरवरीमा जारी पत्रका अनुसार एनआईआर र एनआरलाई छिट्टै समय तालिका बनाएर बोर्डलाई उपलव्ध गराउनेछ ।

स्रोतका अनुसार लोक सभा निर्वाचन सम्पन्न भए लगतै श्रीराम सर्किटका दुवै प्रमुख तीर्थ स्थलाई जोड्ने यो रेल सेवाको घोषणा हुनेछ । अहिले भारतवाट सिधा जनकपुरधाम सम्मकोलागि कुनै रेल छैन् । भारतीय सीमा जयनगरसम्म मात्रै अहिले रेल आउने गरेका छन् । हुनत नेपाली रेल जयनगरसम्म पुग्ने गरेका छन् तर, सिधा भारतबाट नेपाल आउने रेल सेवा अहिलेसम्म छैन् ।

अयोध्याधामबाट जनकपुरधामसम्म सिधा रेल सञ्चालनमा आएपछि दुवै देशबीच धार्मिक र सांस्कृतिक सम्वन्ध बलियो हुने र पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने विश्वास लिइएको छ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले जनकपुरधाम देखि अयोध्याधामसम्म भारतीय पक्षले रेल सेवा सञ्चालन गर्न पहल थालेपछि खुशी व्यक्त गरेका छन् । उनले आफूले भारतीय अधिकारीहरु तथा शीर्ष नेताहरुको छलफलमा पटक पटक अयोध्यावाट जनकपुरधामसम्म रेल सेवा सञ्चालन गर्न आग्रह गरेको जानकारी दिए । उनले जनकपुरधाम देखि अयोध्याधामसम्म रेल सेवा सञ्चालन भएपछि दुवै देशका धार्मिक पर्यटकहरुको आवागमन हुने र धार्मिक सहिष्णुता बढ्ने विश्वास व्यक्त गरे । उनले पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने समेत बताए ।

उनले रेलमात्र नभई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरधामबाट अयोध्याधामका लागि गरेका बस उद्घाटन समेत सञ्चालनकालागि पहल गरिरहेको बताए । उनले ती बस सञ्चालनमा कहाँ के कठिनाइ र समस्या छ त्यस सम्बन्धमा सम्बन्धित पक्ष संग छलफल भई रहेको बताए । उनले जनकपुरधामबाट अयोध्या सम्म दिनमा कम्तिमा दुई वा दुई भन्दा बढी बस आवत जावत गर्नु पर्ने बताए ।

अहिले विहारको सीतामढीबाट अयोध्याधामसम्म मात्र एक रेल अमृत भारत आउने जाने गरेका छन् त्यो पनि सप्ताहमा एक दिन मात्रै । यसैमा एउटा नयाँ रेल सेवा थपिएपछि भारतीय र नेपाली दुबै देशका धार्मिक तीर्थयात्रीलाई रामायण सर्किट दर्शन गर्न सहज हुने छ र भारतीय तीर्थयात्रीलाई जनकपुरधामसम्म यात्रा गर्न पनि सहज हुनेछ ।

अहिले गोरखपुरबाट अयोध्याधामका लागि पाँचवटा रेल छ । यसमा तीनवटा साप्ताहिक, एक छ दिनमा र एउटा प्रत्येक दिन गोरखपुरबाट अयोध्या सम्म चल्ने रेल गोरखपुर–दुर्गा एक्सप्रेस सप्ताहमा शनिवार मात्र आउने जाने गरेका छन् । गोरखपुरबाट लखनऊ बन्दे भारत एक्सप्रेस सप्ताहमा ६ दिन चल्ने गरेका छन् । गोरखपुरबाट नयाँ दिल्ली अमृत भारत एक्सप्रेस सप्ताहमा एक दिन चल्ने गरेका छन् । गोरखपुर यशवंतपुर एक्सप्रेस सप्ताहमा एकदिन चल्ने गरेका छन् ।

Comment


Related News

Latest News

Trending News