अपडेट 
२०८० चैत्र ४, आईतवार ०७:५५

होरी रंग हंसी– खुसीको पर्व हो भन्ने सन्देश प्रवाह सन्दर्भमा सखी –बहिनपा मैथिलानी समूह जनकपुरधामद्वारा होरी उत्सव सम्पन्न भएको छ । रंगको विविधतामा रंगारंग भइ मनाइएको उत्सवले बुरा न मानो होरी है भन्ने कथन मा दुःखद घटना नहोस् भन्ने सन्देश दिंदै रंगरुटमा डुब्नु पर्नेतर्फ सचेतना प्रसार गरेको छ ।

वर्षको छ ऋतुमध्ये वसन्त सर्वश्रेष्ठ हो । फागुन र चैत महिनाको ऋतु ने वसन्त ऋतु हो । वसन्तको आगमनसँगै वातावरणबाट चिसो खुम्चिदै गएको हुन्छ । मोसम सुहावना हुन्छ । लता र वृक्षहरु हरियो र खेत खलिहान पहे.लो थाल्छ । सरसौंको खेतले धरतीलाई पिताम्बरी ओढाउँछ । आँप , लिची , जामुन ,कटहरहरुले आआफ्नो वासना फैलाउन थाल्छन् ।

चारैतिर राग , रंग र उत्सवको माहोल नै वसन्त हो । होरी उत्सव वसन्तोत्सव हो । आपसी मनोमालिन्य हटाउन खेल्ने पर्व हो जो परापूर्वकालको बोघक रहेको छ । वसन्त ऋतु श्रीपञ्चमीबाट प्रारम्भ भएको मानिन्छ । यो तिथि भनेको नवरात्रामध्येको एक नवरात्राको समय पनि हो । अर्को एक नवरात्रा पनि यसै ऋतुमा पर्दछ , जसलाई चैते दशैं पनि भनिन्छ ।

भगवतीको आह्वान , आराधनाको अवसर जुरेका कारण पनि ऋतुराजको सार्थकतालाई सिद्ध गर्दछ । ऋतुराजमा होरीको उत्सव हुनु आफैमा विशिष्ट बोधको विषय रहेको छ । होरीलाई वसन्त ऋतुको यौवनकाल र ग्रीष्म ऋतुको आगमनको सूचक मानिन्छ । यो नवान्नवेष्टि यज्ञ पनि हो । नयाँ अन्नको बाला बोकी अन्नहोत्र गर्ने चलन छ ।

यस याममा फलफूलहरुमा मुजुरा लाग्दा मौसममा अमृत प्राण भरिन्छ । आत्माको मधुरतम र प्रियतम भाव अनुभव गर्नु यस पर्वमा प्रकट हुने अनुराग हो । होरीलाई मदनोत्सव पनि भनिन्छ । यहाँ मदनको अर्थ प्रणय , प्रेम र शृंगारसँग सम्बन्धित छ । हाँस र हँसाउ, जसले रंग लाइदिन्छ उसलाई रंग लाइदेउ, क्षमा गर ,सहनशील बन भन्ने यसको मुख्य सन्देश सद्भावको प्रतीक हो ।

पति पत्नी , सम्बन्धी , सखी , नातेदारहरुकोबीचको मर्यादित आपसी प्रेम , अभिव्यक्ति एवं सुदृढीकरणको शालीन पर्व हो । होरी संक्रान्ति सरह कि देवी हुन् । मानव शरीरको षड्विकारहरुमाथि विजय प्राप्त गर्ने क्षमता होरीका देवीमा रहेको मानिन्छ । त्यसैले मानव विकारमाथि विजय प्राप्त गर्न होलिका देवीसँग प्रार्थना गरिन्छ । अग्निप्रति कृतज्ञता व्यक्त गर्नु यसको दोस्रो अंग हो ।

होरी अग्निदेवताको उपासनाको एक अंग हो । अग्निदेवताको उपासना गर्दा व्यक्ति विशेषको तेजतत्व बढ्न पुग्छ र उसको रजो र तमो गुण घट्दछ । त्यसकारण होरीका दहन रात्रिमा गर्ने चलन छ । पृथ्वी , पानी , तेज , वायु र आकाश यी पाँच तत्वको सहायताले देव तत्वलाई पृथ्वीमा ल्याउने माध्यम यज्ञ रहेको छ । पृथ्वीमा स्पन्दन नहुँदा त्रेतायुगमा पंचतत्वमा विष्णु प्रकट भएको मान्यता छ । यज्ञको ज्वालासँगै यज्ञकुण्डमा विष्णुतत्व प्रकट भएको फागुन पूर्णिमाको दिन रहेको रहेको थियो ।

अतः होरीलाई दुष्प्रवृत्ति एवं अमंगल विचार नाश गरी सद् प्रवृत्तिको मार्ग देखाउने ईश्वरीय चैतन्य प्राप्त गर्ने आध्यामिक साधनामा अग्रसर हुने अग्निदेवताप्रति कृतज्ञता व्यक्त गर्ने पर्वसमेत मानिन्छ । यही भावभूमिमा सखी –बहिनपा मैथिलानी समूहद्वारा आयोजित होरी उत्सवमा जोगिरा , होरी गीत गायन र नृत्य प्रस्तुत गरी आशा र उमंग सञ्चार गरेको छ ।

होरी गीतमा विषय वासना , प्रेमालाप , सीताराम र शिव पार्वतीमा केन्द्रित भएर सहभागीरुले जोगीरा गीत प्रस्तुत गरेकी थिइन भने हरेक चीजले निफिक्र , अपनत्वसँगै जीवनयापनको चर्चा गर्दे सन्देश दिंए– हम सभ एक छी , शान्ति अमनके नारा छी , घरमे डिबिया बारए छी । समूहका उपाध्यक्ष अरुणा मिश्रको अध्यक्षता ,सचिव सुनिता मिश्रको परामर्श र कोषाध्यक्ष भारती चौधरीको उत्सव संयोजन , आरती झा चौधरी र अस्मिता झाको व्यवस्थापकीय सक्रियता ,गायिका बिन्दु ठाकुरको गे सखिया खोल न केबरिया , आएल फगुवा बहार , मीना ठाकुर ,शान्ति देवी , अर्पणा मिश्र , मोती झा , नीरा ठाकुर , पूनम मिश्र , किरण झा , सोनी झा ,चंचल झा लगायतको गीतनादले होरी पर्वको समरसतालाई बोध गराएको थियो ।

समूहकी सदस्यहरु किरण झा , नीरा ठाकुर , संगीता देव, रीता झा , मीना मिश्र,शारदा झा, अरुणा मिश्र , अस्मिता झा , शारदा झा रेखा , कविता झा र इंकी चौेधरीको विशेष सहयोगले होरीको पौराणिकता र सांस्कृतिक महत्व दर्शाइएको थियो । कवि एवं समूहका महासचिव पूनम झा मैथिलीको उद्घोषण र जोगिरा सरर …. जस्ता जोगिरा गीत तथा सहभागी समूहका सदस्यहरुले रंगमा रंगिएको दृश्यले आपसी मेलमिलाप र सद् भावनाको सन्देश दिइ होरी आनन्दको विषय हो , अन्त्य होइन ,उमंग र उत्साह बोकी आउ हे साथी संगी ,रंगहरुले गाला रंगाई बनौं रंगीबिरंगीले प्रेमभाव प्रदर्शन गरेकी थिइन् ।

चंचल झा र लिशा चौधरीको परदेशिया नगरिया आएल गीतमा नृत्य र स्नेहा झाको उत्कृष्ट नृत्यले उत्सवलाई होरीको सौन्दर्य बोध गराएको थियो । युरेका बोर्डिंग स्कुलका संस्थापिका भारती झाको उत्सव स्थल प्रदान ,सहयोग र सक्रियता , विभा ठाकुर , इन्दिरा झा , इन्दिरा चौधरी, सुधीरा झा लगायतको प्रतियोगिताको निर्णायकको भूमिका र भार्गवी भव्याको गीत र नृत्यले भविष्य र सम्भावनालाई उजागर गरेको थियो ।

त्यस्तै लिशा चौधरीको नृत्यमा सहभागीहरुले गरेको प्रशंसाले उत्सवलाई गरिमामय बनाएको थियो भने अंजली यादव ,विशुका यादव , नाव्या कनक र आकृति झाको नृत्यले होरीको बिशिष्टताको सन्देश र संरक्षणको उपादेयतामाथि जोड दिएको थियो ।

Comment


Related News

Latest News

Trending News