अपडेट 
२०८० चैत्र ५, सोमबार ०७:५३

तलबको माग गर्दै आन्दोलनमा उत्रिएका रौतहटको फतुवा विजयपुर नगरपालिकाका शिक्षकहरूले धर्ना स्थगित गरेका छन् ।

आन्दोलनरत शिक्षक र नगरपालिकाबीच सहमति भएसँगै शिक्षकहरूले जारी राखेको धर्नाको कार्यक्रम स्थगित गरिएको छ । नेपाली कांग्रेस जिल्ला सभापति तथा रौतहट निर्वाचन क्षेत्र ३ का प्रदेश सांसद सुनिल यादव (जितेन्द्र)को पहलमा कार्यवाहक नगर प्रमुख अम्बेया खातुन, प्रमुख प्रशासकीय अधिकृत उपसचिव सुरेन्द्र प्रधान र आन्दोलनरत शिक्षकको बिचमा होली पर्व अगावै सम्पूर्ण शिक्षक तथा कर्मचारीहरूको तलव उपलब्ध गराउने सहमति भएको शिक्षक संघका नगर अध्यक्ष राधेश्याम यादवले बताए ।

सोही सहमतिको आधारमा फतुवा विजयपुर नगरक्षेत्र अन्तर्गतको ३२ वटै विद्यालयमा कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा आइतवार १ दिन स्थगित गरिएको माबि विजयपुरको प्रधानाध्यापक शंकर राय यादवले जानकारी दिए । सोमबारदेखि सम्पूर्ण विद्यालयमा परीक्षा सञ्चालन गर्ने र छुटेका विषयको अन्तिममा परीक्षा लिने सहमति भएको उनले बताए। फतुवा विजयपुर नगरक्षेत्र अन्तर्गतका ३२ विद्यालयका शिक्षा, कर्मचारी र अन्य क्षेत्रका कर्मचारी गरी ३५० जनाले गत साउन देखि हालसम्म तलब नपाएको कारण गत बुधबार देखि नगरपालिका अगाडी धर्नामा बस्दै आएका थिए

Comment


Related News

Latest News

Trending News