अपडेट 
२०८० चैत्र ५, सोमबार १३:५९

मधेस प्रदेशको नवनियुक्त प्रदेश प्रमुख सुमित्रा भण्डारीले पदभार ग्रहण गरेकी छिन् ।

मधेस प्रदेशको प्रदेश प्रमुखको रुपमा गत बुधबार शपथ ग्रहण गरेकी नवनियुक्त प्रदेश प्रमुख भण्डारीले पदभार ग्रहण गरेकी हुन् । सोमबार मात्रै जनकपुर धाम आई पुगेकी प्रदेश प्रमुख भण्डारी पदभार ग्रहण गरेपछि प्रदेश प्रमुखको कार्यभार वहन गर्न सबैको साथ र समन्वय रह्ने विश्वास व्यक्त गरिन् । उनले प्रदेश प्रमुखको कार्यभार वहन गर्दा नेपालको संविधान तथा कानूनको परिधि भित्र रहेर काम गर्ने र यसमा सबैको साथ रह्ने अपेक्षा व्यक्त गरिन् ।

यस अघि नेपाल सरकारले कांग्रेस नजिकका प्रदेश प्रमुखहरुलाई पदबाट बर्खास्त गर्दा मधेस प्रदेशको प्रदेश प्रमुख पदबाट हरिशंकर मिश्र बर्खास्तीमा परेका थिए । उनको बर्खास्ती संगै भण्डारीलाई मधेसको प्रदेश प्रमुख पदमा नियुक्त गरिएको थियो ।

Comment


Related News

Latest News

Trending News