अपडेट 
२०८० चैत्र ६, मंगलवार ०७:३५

कुराको थालनीहिन्दीको एउटा क्रान्तिकारी कवि ‘पाश’को कवितांशको अनुवादबाट गरौँ :

“यो सबैथोक हाम्रै पालोमा हुनु थियो
यो शर्मनाक दुर्घटना हामीसंग नै हुनु थियो
कि संसारको सबैभन्दा पवित्र शब्दहरु
बन्नु थियो सिंहासनको खडाउँ —
माक्र्सको सिंह जस्तो टाउको
दिल्लीको भूलभुलैयामा म्याउँम्याउँ गर्दै डुलीरहेको
हामीले नै हेर्नु थियो
मेरा मित्रहरु, यो अनैतिक दुर्घटना हाम्रै पालोमा हुनुथियो ।”

पाशभारतीयकविहुनाले उनले भारतको राजधानीदिल्लीको बिम्बप्रयोग गरेका छन् । उनी नेपालीभइदिएको भए काठमाँडौको बिम्बप्रयोग गर्थे होला ।

जतिबेला म यो लेख लेखि रहेको छु, नेकपा (माओवादी केन्द्र)काउपाध्यक्ष र पूर्व सभामुख कृष्णबहादुर महरा सुन तस्करी प्रकरणमा पक्राउ परिसकेका छन् । महराको यो गिरफ्तारी अस्वाभाविक होइन । सत्ता समीकरण बदलिएपछि नेपालीकाँगेस लगायतले जसरी यस प्रकरणलाई उचाली रहेकाथिए, त्यसमा यो गिरफ्तारी स्वाभाविक नै हो ।

यस सुन तस्करीमा महरा यथार्थमा दोषीहुनवाआफन्तहरुको कारण परिबन्दमा परेर फँसेकाहुन्, त्यो बेग्लै र जाँच अनुसन्धानको विषयभयो, तर माओवादी केन्द्र र नेपालीकाँग्रेस गठबन्धनको सरकार रहेको बेलामा समेत यस प्रकरणमा अनुसन्धान दस्तावेजहरुमा जसरी चिनियाँ तस्करसंग उनको सम्पर्क र गतिविधिबारे प्रमाणहरु पेशगरिँदै थियो, त्यसले उनको निम्ति कठिन अवस्थासिर्जनागर्दै थियो । यस प्रकरणमाउनकानिजी सचिव र छोरा समेत पहिले नैगिरफ्तार भइसकेकाथिए ।

उनीभनेउनकै पार्टीको समीकरणमा सरकार भएकोले मात्रैजोगिँदै आएकाथिए । नयाँ समीकरण बनेपछि प्रतिपक्षको बेन्चबाट नेपालीकाँग्रेस लगायतकादलहरुले प्रधानमन्त्री प्रचण्डको सरकारलाई घेर्नथालेपछि उनलाई जोगाउन सहज रहेन । नेकपा (एमाले)संग मिलेर नयाँ गठबन्धन सरकार बनाएपछि माओवादी केन्द्रप्रति नेपालीकाँग्रेस केही बढी नै आक्रोशित देखिन्छ । अझ यसै सरकारमा गठबन्धनको स्थायीत्वको निम्ति निर्णायक हैसियतमा रहेको राष्ट्रीय स्वतन्त्र पार्टी (रास्वपा)काविवादितअध्यक्ष रवि लामिछाने गृहमन्त्री भएपछि, उनलाई नै तारो बनाएर नेपालीकाँग्रेसका सांसदहरुले प्रचण्ड लगायतलाई घेर्ने नीतिबनाएको देखिन्छ ।

गृहमन्त्री लामिछानेको नामविगतमा दोहोरो नागरिकतातथा सहकारी रकमहिनामिनाप्रकरणमा पटक पटकविवादितहुँदै आएको छ । नेकासंगको सरकारमा रहेको बेलामाओवादी केन्द्र र स्वयं प्रचण्डले पनि लामिछानेलाई आरोपितगर्ने गरि वक्तव्यदिने गरेकाथिए । अहिले उनै लामिछानेसंग मिलेर सरकार बनाउनु र गठबन्धनमा रास्वपाको निर्णायक हैसियतले प्रधानमन्त्री प्रचण्डको निम्ति घाँडो बनेको छ । नेपालीकाँग्रेसले यस विषयमा (लामिछानेको विषयमा) प्रधानमन्त्री प्रचण्डले जवाफदिनुपर्ने अडान राखेर संसद अवरुद्ध गरेका थिए ।

नेपालीकाँग्रेसले प्रत्यक्षमा रास्वपाअध्यक्ष र गृहमन्त्री लामिछानेलाई निसानाबनाएको देखिएपनियथार्थमाउनी प्रचण्डभित्रको सकसलाई बढाउन चाहेको तथा गठबन्धनमा अविश्वास र असन्तुलन पैदा गर्न चाहेको बुझ्नगाह्रो छैन । हुन त यस विषयमागृहमन्त्री लामिछानेले आफै संसदमाजवाफदिएका छन् ।

तरपनि नेकालगायतको प्रतिपक्षप्रम प्रचण्डलाई नै कठघरामाउभ्याउनप्रयत्नगरिरहेको देखिन्छ । वस्तुतः नेपालीकाँग्रेसको यस सारा प्रयत्नको उद्देश्यएमाले–माकेको नयाँ गठबन्धन सरकार भ्रष्ट र आरोपितहरुको सरकार हो भन्ने भाष्यप्रचारित गर्न खोजी रहेको तथा समीकरणलाई असन्तुलितबनाउनखोजेको देखिन्छ ।

मिडियाहरुले जसरी यीमामिलाहरुलाई प्रमुखताका साथ स्थानदिइरहेका छन्, त्यसले यस गठबन्धनका शीर्षस्थहरुप्रधानमन्त्री प्रचण्डर बहुमत घटक एमालेकाअध्यक्ष केपीओलीको निम्तिपनि कठिनाई उत्पन्न गराईरहेको छ । प्रम प्रचण्डको अर्को कठिनाई के छ भने सुन तस्करी प्रकरणमा विगत जनयुद्धकालमा जनमुक्ति सेना, नेपालका कमान्डर तथाहालकापूर्व उपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ्ग’का छोरा हिरासतमा छन् भने मिडियामा सांकेतिकरुपमाउनको नाममा समेत औँला ठड्याउने गरिएको छ ।

नेपालीकाँग्रेसले प्रत्यक्षमा गृहमन्त्री लामिछानेको निहुँमा प्रचण्डमा घेर्न खोजेपनिअन्तर्यमाउनलाई उनको पार्टीभित्रको विवादितपात्रहरुलाई लिएर समग्र परिस्थितिलाई उनीतर्फ केन्द्रितगर्न खोजेको देखिन्छ ।यस्तोमा प्रधानमन्त्रीप्रचण्डले चाहेर वानचाहेर यी सारा प्रकरणमा जवाफदिन रोस्टममा उभिनु सम्भव छ । सम्भव छ महराको गिरफ्तारीयी सारा प्रकरणबाट अन्यत्रध्यानमोडन र संसदको रोस्टममा उभेर जवाफदिनु पूर्व आफ्नो नैतिक बल पुष्ट गर्न प्रधानमन्त्रीको तयारी होस ।

यस गिरफ्तारीपछि, वर्तमान सरकार भ्रष्टाचारको मामिलामा कडा भएको तथापात्रजतिसुकै हैभीवेट राजनीज्ञि वाकर्मचारी भएपनि सरकारकार्वाहीगर्न पछि न हट्ने सन्देस त गएकै छ । वर्तमान राजनीतिमा भ्रष्ट पात्रहरु रास्वपा र माकेकामात्रचर्चामा छन् भन्ने होइन । स्वयं नेपालीकाँग्रेसकाबालकृष्ण खाण जस्ता हैभीवेट नेताहरु समेत भुटानी शरणार्थी नागरिकताप्रकरणमा धरौटीमा हिरासतमुक्तभएका छन् । यस्तै अन्यप्रकरणहरुमा अन्य पार्टीकाठूला नेताहरु, सचिवस्तर समेतकाउच्चाधिकारी कर्मचारीहरु र एआइजी, डिआइजी र पूर्वआइजीपी समेत अनेकौ पात्रहरु विभिन्नमामिलामा हिरासतमा छन्, धरौटीमा रिहाभएका छन् र जाँचअधिकारीहरुको निगरानीमा छन् ।

मिडियामा प्रायःप्रत्येक दिनप्रकाशित भ्रष्टाचार, आर्थिक अनियमिततातथाहिनामिना र यसमा संलिप्त नेता, कर्मचारी र सुरक्षातन्त्रकापात्रहरुको समाचारलाई हेर्दा यस्तो लाग्छ, मानौँ सत्ताको सबै अंगहरुको उद्देश्य बैध वाअवैध जुनसुकै किसिमबाट भएपनिअर्थोपार्जनमात्रभएको छ । हुनपनि संघ होस वाप्रदेश वा स्थानीय सरकार, मौकापाउने बित्तिकै राजनीतिकजनप्रतिनिधिहरुको केही समयमै वर्गोत्थान र समृद्धिले सत्ता राजनीतिक परिदृश्यमा भ्रष्टाचार सर्वस्वीकृत क्रियाकलापभएको जस्तो देखिन्छ ।

तर गजब के छ भने आफू सत्तामाभएको बेलाआफूसंग भएको सबै ठीक र पवित्र, र अरुसंग मिलेर नया समीकरण बनाएतिनै पात्रहरु रातारात बेठिक, बेमान र भ्रष्ट हुने गर्छन् । अहिले नेपालीकाँग्रेसलेनयाँसरकारी गठबन्धनलाई घेर्न खोजेको यस्तै खेल हो । महराको गिरफ्तारीपछि कदाचितप्रम प्रचण्ड संसदको रोस्टमा उभिएर नेकाले उठाएका प्रश्नहरुको जवाफदिएभने खतरनाक काउन्टर दिनेपनिपक्का छ, किनभने यस सत्ताको भासमा नेकाको हातपनिकालो नै छ ।

वर्तमानसंसदिय राजनीतिमाव्याप्तवित्तीयचरित्र र यस्ता भ्रष्ट आचरणहरु स्वाभाविक मानिन्छन् । तर वर्तमान गणतन्त्रको निम्ति नेपालीजनताले दिएका सहादत र अनेकौँ राजनीतिक संघर्षहरुको पृष्ठभूमिमा विचार गर्दा यो दुःखद स्थिति हो । अझ नेपाली राजनीतिमाआफूलाई सैद्धान्तिकता, नैतिकता, त्याग, बलिदान र जनप्रतिबद्धताको सबैभन्दामाथिल्लो शीखरको रुपमा स्थापित र वर्तमान गणतन्त्रको मूख्यकारक माओवादी जनयुद्धको नेतृत्वगर्ने आदर्श पात्रहरुको स्खलनअत्यन्तत्रासदीयुक्तहो ।

माओवादीआन्दोलनमा कृष्णबहादुर महरा र पासाङ्ग नैतिक र आदर्शवादीपात्रहरुको रुपमा परिचितपात्रहरु हुन् । वर्तमानवित्तीयचरित्रको संसदीय राजनीतिमायीपात्रहरुको स्खलनदुःखद र दिक्कलाग्दो समयको पाठ हो । वस्तुतः यो पात्रहरुको होइन, समग्र राजनीतिमाअमानवीयवित्तीयचरित्र र व्यवहारको बढदो भूमिका र मानवीय सरोकारप्रतिको वैचारिक स्खलनको उदाहरण हो । यो वर्तमान सत्तामाथीजनवादीतत्वहरुको नियन्त्रण खुस्कँदै गएको संकेतपनिहो ।

यो गैर जनवादीतत्व नै हो, जस्ले चुनावी राजनीतिको परिणामलाई अस्थिर बनाउने गर्छ र समग्र राजनीतिमा गठबन्धनको स्थिति सिर्जना गर्छ । फेरी यो वैचारिक स्खलन र गैरजनवादीविचलनमाकेभित्रमात्रै देखिएको छ भन्ने छैन । यस रोगबाट अन्य राजनीतिकदलहरु माकेभन्दाझन् बढी ग्रसित छन् । वस्तुतः यो पात्रभन्दापनि परिस्थितिजन्य समस्याहो । केही राजनीतिकदलहरुले सत्ताभित्र देखिने यस्ता विकृततालाई ‘व्यवस्थाहोइनअवस्था’को समस्याको रुपमाव्याख्यागर्ने गरेको पाइन्छ ।

त्यसैले नेपाली राजनीतिमा केहीले ‘व्यवस्था फेरियो अवस्था फेरिएन’भन्ने नारा दिइरहेका छन् । तर यस व्यवस्थाभित्र प्रतिबद्ध पात्रहरु समेत गलित भैरहेका छन्तथाव्यवस्थाभित्रजनवादी सरोकारहरु उपेक्षितहुँदै गएका छन्, जसरी बहुसंख्यकश्रमजीविवर्ग र उत्पीडित शोषित समुदायहरु ओझेलमा पर्दै गैरहेका छन्, र जसरी यस व्यवस्थाभित्र राजनीतिक समुदाय जस्तैनागरिक समुदायभित्रनव धनाढ्यवर्ग उदित र वर्चस्व जमाउँदै गैरहेको छ, त्यसले यस व्यवस्थामै समस्या रहेको देखाउँछ । य

स्लाई व्यवस्थाकै दोष मान्नु पर्छ किएकातिर गठबन्धनको राजनीतिले व्यवस्थालाई कस्दै गैरहेको छ भने यसै अस्थिर स्पेसभित्रबाट राजतन्त्रवादीतथा संकीर्ण धार्मिक प्रतिगमनकारी फासीवादीतत्वहरु सक्रियहुँदै गैरहेका छन् । यो गठबन्धन सरकारकै परिणाम हो कि सबै सरकार अस्थीरताको सम्भावनाबाट मुक्तहुँदैन र यसैकारण कर्मचारीतन्त्र र सुरक्षातन्त्रभित्रपनि सरकार, मन्त्री र नेताहरुप्रतिविश्वासको संकट स्वाभाविकरुपमाकायम रहन्छ ।

यो गठबन्धनको अस्थीरता नै हो किखोरमाथुनिने आपराधिकतत्वहरु संघीय र प्रदेश सरकारमामन्त्रीहुनपाएका छन् । व्यवस्थागतनग्नताको हदकतिसम्म छ भने संसद र प्रदेशसभामादुई चारसीट भएका साना पार्टीका सांसदहरु मन्त्रीबन्न पार्टी नै फुटाएर आफू अनुकूलको गर्छन् । यो गठबन्धनको अस्थिरता नै हो किबजार र निजी क्षेत्रले सरकारी आदेशको ठाढै उपेक्षागर्ने साहस गर्छ, र यसै कारण सरकार मात्रै होइन, जनसमुदायबीच समग्र व्यवस्थाप्रहसन र विदुषक जस्तो देखिन्छ ।

यस्तोमा गठबन्धनको सम्भावनानिषेध गर्ने गरि निर्वाचन प्रणालीको विकास तथाशक्तिसम्पन्ननिर्वाचितकार्यकारी राष्ट्रपतिको चयनको सम्भावनामाविचार गर्नु यो उचित समय हो लाग्छ । हुन त समग्र व्यस्थामा बहुसंख्यकश्रमजीविवर्ग र उत्पीडित जनसमुदायको वर्चस्व कायमनभएसम्म पूर्णरुपमा समस्याको समाधान सम्भव छैन, तरपनियीउपायहरुले यस व्यवस्थामाहाल देखिएको अस्थिरताको समस्यालाई तात्कालिकरुपमा समाधनगर्न सक्छ ।

यस समग्र गन्थनको सार के हो भने वर्तमानव्यवस्था यस्तो पग्लिँने भाँडो हो, जस्मा कडाभन्दा कडा धातुपनिपग्लिन सक्छ, जस्तै माओवादी जनयुद्धका पात्रहरु समेत ! यो प्रसंगभने दुःखदायी छ । लेखको शुरुमा उद्धृत कविपाशको कवितामा यस्तै समयको पीडा अभिव्यक्तभएको छ ः “यो सबैथोक हाम्रै पालोमाहुनु थियो ÷यो शर्मनाक दुर्घटना हामीसंग नै हुनु थियो ।” हैट !

Comment


Related News

Latest News

Trending News