अपडेट 
२०८० चैत्र ६, मंगलवार ०८:१२

नेपालका लागि इजराइली राजदूत हनान गोदर छ महिनापछि आनन्द साहको घरमा शोक व्यक्त गरेको छ ।

धनुषाको लक्ष्मीनियाँ गाउँपालिकास्थित आनन्दको घरमा इजरायली राजदुत गोदरलाई देखे पछि आमाबुवालगायत परिवारजन भक्कानिएर रोएको देखेपछि आनन्दका बुवालाई राजदुतले अंगाल्दै ‘तपाई हाम्रो परिवार हो भन्दै सम्हाल्न आग्रह गरे । राजदूत गोदरले आनन्दलाई इजराइलले आफ्नै परिवारजन सरह प्रति महिना सहयोग गर्ने घोषणा गरे ।

उनले इजराइलमा उद्दारकर्मीहरुले फेला पारेको आनन्दले लगाउने घडी, मालासहितका अन्तिम चिनारीका रुपमा रहेका विभिन्न सामग्रीहरुसमेत परिवारजनलाई जिम्मा लगाएको छ । राजदूत गोदरले विद्यार्थीहरुमाथि भएको आक्रमण निन्दनीय रहेको र सो घटनाबाट विश्वरुपमै दुःखद तथा आपराधिक घटना रहेको बताए ।

आनन्दको परिवारसंग आग्रह गर्दै नेपाली सरकारले सो घटनाको विषयमा गरेको हमासको निन्दालाई लिएर धन्यवाद समेत दिए ।

असोजदेखि सुरु भएको इजराइलमा हमास युद्धको आक्रमणमा परि दशजना नेपाली विद्यार्थी मारिएका थिए । जसमध्ये एक विद्यार्थी धनुषाका पनि थिए ।

४९ जनाको समूहमा रहेको नेपाली विद्यार्थीहरु इजरायलस्थित विश्वविद्यालयमा कृषिमा स्नातकोतर अध्ययनरत थिए ।

Comment


Related News

Latest News

Trending News