अपडेट 
२०८० चैत्र ६, मंगलवार ०८:१९

सत्तारुढ दलहरूले आगामी आर्थिक वर्षका निम्ति तयार पारेको साझा न्यूनतम कार्यक्रम आज सार्वजनिक गरिने भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट बिहान १० बजे सत्ता साझेदार दलहरूले तयार पारेको न्यूनतम साझा कार्यक्रम प्रधानमन्त्री पुष्पकमल दाहालले सार्वजनिक गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीबाट दुई–दुई जना सदस्य रहेको कार्यदलले साझा न्यूनतम कार्यक्रम तयार पारेको थियो ।

सो मस्यौदा शीर्ष नेताहरूले अध्ययन गरेपछि आज सार्वजनिक गर्न लागिएको हो । मस्यौदा हिजो नै सार्वजनिक गर्ने भनिए पनि प्रधानमन्त्रीको व्यस्तताका कारण आजका लागि सारिएको हो ।

कार्यदलले गत शुक्रबार साझा न्यूनतम कार्यक्रमलाई पूर्णता दिएर शनिबार बिहान प्रधानमन्त्रीसहित शीर्ष नेताहरूसमक्ष प्रस्तुत गरेको थियो ।

Comment


Related News

Latest News

Trending News