अपडेट 
२०८० चैत्र ६, मंगलवार १०:०६

सर्लाही प्रहरीले विभिन्न अपराधमा संलग्न दुई जनालाई पक्राउ गरेको छ ।

सोमबार राति बरहथवाबाट प्रहरीले भारतीय नागरिक जितेन्द्र राउत र नाम खुल्न नसकेका अर्का एक व्यक्तिलाई नियन्त्रणमा लिएको हो । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय लग्ने क्रममा भाग्न खोज्दा प्रहरीले गोली चलाएको थियो ।

गोली लागेर जितेन्द्र घाइते छन् । उनको उपचार मलंगवास्थित प्रादेशिक अस्पतालमा भइरहेको छ । मोटरसाइकलमा रहेका बेला उनी दुबै जना पक्राउ परेको र सर्च गर्दा हातहतियार समेत फेला परेको बताइएको छ ।

पक्राउ परेका दुबै जना पेशेबर अपराधी भएको र नेपाल तथा भारतमा दर्जनौं अपराधमा संलग्न रहेको प्रहरीको दावी छ । उनीहरुलाई आजै प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने जनाएको छ ।

Comment


Related News

Latest News

Trending News