अपडेट 
२०८० चैत्र ७, बुधबार ०७:२४

गृहमन्त्री रवि लामिछाने विरुद्ध जनकपुरधाममा प्रदर्शन गरेको छ । जनकपुरधाममा मंगलबार आरती साह मृत्यु प्रकरणमा गृहमन्त्री लामिछानेको विरुद्धमा प्रदर्शन गरेको छ ।

गृहमन्त्री लामिछानेले आरती साहको श्रीमान, देवर, ससुरा र सासुमाथि झुठा मुद्दामा फसाउन खोजेको भन्दै उनको विरुद्धमा प्रदर्शन गरेको जनाएको छ । शंकास्पदरुपमा मृतक आरती साहको श्रीमान, देवर, ससुरा र सासुलाई प्रहरीले दश महिना पछि पुनः पक्राउ गरेको भन्दै विरुद्धमा प्रदर्शन गरेको आरती साहका ससुरा पक्षधरका मदनमोहन साहले बताए ।

आरती साह मृत्यु प्रकरणमा सर्वोच्च अदालतले केहीलाई साधारण तारेखमा रिहा गरेको र केही पुर्पक्षका लागि कारागारमा रहिरहेको अवस्थामा गृह मन्त्रालयले झुठा मुद्दामा पुनः धरपक्कड गरेको भन्दै विरोध प्रदर्शन गरेको उनले बताए । आरती साहका माइती पक्षबाट आमा, बुवा बहिनी र भाईले गृह मन्त्रालयमा जाहेरी दिएको आधारमा पक्राउ गरेर पुनः मुद्दा चलाउन खोजेको भन्दै उनले आफुहरुले तत्काल रिहाइको माग गर्दै प्रदर्शन गरेको प्रस्ट्याए ।

आइतबार जिल्ला प्रहरी कार्यालय धनुषाले सो घटनाका आरोपित सासु रेणु साहलाई पक्राउ गरेको थियो । धनुषा प्रहरीले आरतीका आरतीका श्रीमान मोतीबाबु साह, देवर रवि साह र ससुरा मदनमोहन व्याहुत सुँडीलाई समेत पक्राउ गरेको थियो । गत जेठ ७ गते आफ्नै घरमा आरती झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । दाइजोको कारण ससुरा पक्षले आरतीको हत्या गरेको भन्दै माइती पक्षले निरन्तर आन्दोलन गर्दै आएको थियो ।

आरतीको माइती पक्षले श्रीमान, देवर, ससुरा लगायतले हत्या गरि झुण्ड्याएको आरोप लगाउँदै आएको थियो । तर असोज १८ गते उच्च अदालत जनकपुरले थुनामा रहेका दुबैजनालाई साधारण तारेखमा रहने गरि रिहा गरेको थियो । उच्च अदालतले दिएको सो आदेशको विरूद्धमा आरतीको परिवारजनले सर्वोच्च अदालत मुद्दा दायरसमेत गरेको थियो ।

काठमाण्डुस्थित माइतीघरलगायत विभिन्नस्थलमा १० महिनासम्म निरन्तररुपमा आरतीका आमा, बुवा र बहिनी करिब १० महिनासम्म धर्नामा बस्दै आएको थियो ।

Comment


Related News

Latest News

Trending News