अपडेट 
२०८० चैत्र ७, बुधबार ०७:३४

मधेश प्रदेशमा पहिलो पटक आधुनिक प्रविधिबाट शल्यक्रिया सुरु गरिएको छ ।

जनकपुरधामस्थित मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट पहिलोपटक लेजर प्रविधिबाट विभिन्न रोगको शल्यक्रिया सुरु भएको प्रतिष्ठानका युरोलोजिस्ट डा. सुधिर सिंहले जानकारी दिए । उनले लेजर प्रविधिबाट स्टोन, ब्लाडर, पेशाब थैलीलगायतका जटिल रोगको शल्यक्रिया सुरु भएको बताए । आधुनिक प्रविधिबाट मधेश प्रदेशमै शल्यक्रिया हुन थालेपछि उपचारकै लागि अन्यत्र जानुपर्ने बाध्यता नहुने उनले बताए । लेजर प्रविधिबाट जटिल शल्यक्रियाहरुसमेत यहाँ नै हुने भएपछि उपचार सेवाकै लागि बाहिर जानुपर्ने बाध्यताको अन्त्य भएको र यसले तत्कालै शल्यक्रिया माध्यमले निको हुने डा. सिंहले भने ।

मधेश प्रदेशमै लेजर प्रविधिबाट शल्यक्रिया पहिलो पटक हुन थालेको छ । अस्पतालबाट यस अघि पनि जटिल किसिमको थुप्रै अपरेसनहरु सफलतापूर्वक गरी सेवा दिँदै आएको छ ।

Comment


Related News

Latest News

Trending News