२०८० चैत्र ७, बुधबार १८:५०

सप्तरीको सप्तकोशी नगरपालिका-३ मा बञ्चरो प्रहारबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तकोशी न.पा.३ स्थित सखवनि नयाँ बस्तीका ४५ वर्षीय हिराइ सदा हुनुहुन्छ।

२२ वर्षीय छोरा लालदेव सदाले घरायसी विवाद हुँदा बञ्चरोले घाँटीमा प्रहार गर्दा उहाँको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी ढुण्डिराज नेउपानेले जानकारी दिनुभयो । उहाँका अनुसार छिमेकी ६५ वर्षीय दशन सदालाई समेत बञ्चरो प्रहार गर्दा टाउको र हातमा चोट लागेको छ । उहाँको स्थानीय अस्पताल फत्तेपुरमा उपचार भइरहेको छ ।

बञ्चरो प्रहार गर्ने लालदेव सदालाई घरेलु हतियार बञ्चरो सहित नियन्त्रणमा लिएर थप आवश्यक अनुसन्धान भइरहेको सूचना अधिकारी न्यौपानेले बताउनुभयो ।

Comment

Related News

Latest News

Trending News