अपडेट 
२०८० चैत्र ८, बिहीबार ०६:४४

आईन्दा कुटपिट र झै– झगडा नगर्ने शर्तमा अभिभावकको रोहबरमा प्रहरीबाट छाडिएका एक युवकले त्यसको १२ घण्टा नबित्दै आफ्नै बुवाको हत्या गरेका छन् ।

सप्तरीको सप्तकोशी नगरपालिका–३ सखबनी घर भएका २२ वर्षीय लाल देव सदाले आफ्नै वुवा ४५ वर्षीय हिराई सदाको हत्या गरेका छन् । बुधवार विहान ७ बजेतिर उनले बन्चरो प्रहार गरी आफनो बुवा हिराइको हत्या गरेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी दीपक रायले जानकारी दिए ।

बन्चरो प्रहारबाट उनको घटनास्थल मै मृत्यु भएको प्रहरीले जनाएको छ । “कुटपिट र झै–झगडाको विषयमा २ दिन अघि पक्राउ परेका उनलाई सम्झाई बुझाई र सचेत गराउँदै अघिल्लो दिन साँझ शर्तनामा समेत गराई अभिभावकको जिम्मा लगाइएको थियो, डिएसपी रायले भने–‘तर केही समय पछि नै दुःखद घट्ना गरेको सुन्न र हेर्न पाइयो ।” बुवालाई बन्चरो प्रहार गर्दै गरेको देखेर बचाउन गएका छिमेकी दशन सदामाथि समेत लालदेवले आक्रमण गरी घाईते बनाएको र उनको फत्तेपुर स्थित गोल्डेन अस्पतालमा उपचार भइरहेको डिएसपी रायले जानकारी दिए ।

मदिरा तथा लागू औषधको कुलतमा फसेका लालदेवलाई सो कुलत त्याग्न र झै–झगडा न गर्न सम्झाउन खोज्दा आवेशमा आएर अचानक बन्चरो प्रहार गर्न थालेको स्थानीयहरुले बताए । प्रहरीले हत्यामा प्रयोग गरिएको बन्चरोसहित उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी ढुण्डिराज न्यौपानेले बताए । उनीमाथि कर्तब्य ज्यान मुद्दा अन्तर्गत कारवाही र अनुन्सधान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News