अपडेट 
२०८० चैत्र ८, बिहीबार ०६:५२

नबिल इन्भेस्टमेन्ट बैंकिङ लि.ले ग्लोबल मनि सप्ताह– २०२४ को अवसरमा बालबालिका तथा युवालाई लक्षित गर्दै कार्यक्रम संचालन गरेको छ ।

जनकपुरधाममा बुधबार आर्थिक सहयोग र विकास संगठन (ओइडिसी) को संयोजनमा ग्लोबल मनि सप्ताह जनकपुर कम्युनिटी कलेज र राजर्षि जनक कलेजमा अध्ययनरत्त विद्यार्थीहरुसंग मनाएको छ । बालबालिका र युवाहरुलाई लक्षित गर्दै वित्तीय साक्षरता अभिवृद्धि गर्दै वित्तीय ज्ञान, सीप र मनोवृत्तिको विकास गर्ने उद्देश्यका साथ ग्लोबल मनि सप्ताह सुरु गरिएको नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडका बजार प्रबन्धक दिपक कुमार साहले जानकारी दिए ।

सन् २०१२ देखि बालबालिका र युवाहरुमा वित्तीय साक्षरता अभिवृद्धि गर्दै वित्तीय ज्ञान, सीप र मनोवृत्तिको विकास गर्ने उद्देश्यका साथ आर्थिक सहयोग र विकास संगठनको संयोजनमा चैत ११ गतेसम्म ग्लोवल मनि सप्ताह सञ्चालन उनले बताए ।

ग्लोबल मनि सप्ताहको अवसरमा सो कम्पनीले जनकपुरधामलगायत विभिन्न स्थानमा चैत ११ गतेसम्म वित्तीय साक्षरता अभिवृद्धि कार्यक्रम संचालन हुने नबिल इन्भेस्टमेन्ट बैंकिका कार्यालय व्यवस्थापक रोजी कालुले बताइन् ।

Comment


Related News

Latest News

Trending News