अपडेट 
२०८० चैत्र ८, बिहीबार १३:३२

सरकारले राष्ट्रिय योजना आयोगको रिक्त सदस्य पदमा चार जनालाई नियुक्त गर्ने निर्णय गरेको छ ।

बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले आयोगको रिक्त चार सदस्य पदमा प्राध्यापक संगीता सिंह, डा. कुसेन्द्रबहादुर महत, शिवराज अधिकारी र अरनिकोकुमार पाण्डेलाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिनुभयो । त्यस्तै बैठकले नेपाल र गणतन्त्र कोरियाबीच कुटनीतिक सम्बन्ध ५० बर्ष पुरा भएको अवसरमा कोरियाली सात जना र नेपाली तीन जना गरि १० जना पर्वतारोहीलाई सिन्धुपाल्चोकको जुगल १ र २ हिमाल आरोहण गर्दा लाग्ने सलामी दस्तुर मिनाहा गर्ने निर्णय गरिएको उहाले बताउनुभयो ।

त्यस्तै बैठकले नेपाल प्रशासन सेवा समूहिकरणतर्फको राजपत्राङ्कीत बिशिष्ट श्रेणीको रिक्त सचिव पदमा चुडामणी पौडेललाई बढुवा गर्ने निर्णय गरिएको प्रवक्ता शर्मले जानकारी दिनुभयो ।

Comment


Related News

Latest News

Trending News