अपडेट 
२०८० चैत्र ९, शुक्रबार ०७:१२

मधेश प्रदेश सरकार मातहतको पर्यटन विकास कार्यालय धनुषामा लाखौंको अनियमितता भएको छ । गत आर्थिक वर्षदेखि चालु आर्थिक वर्षको ६ महिनामा करोडौ रकम हिनामिना भएको स्रोतहरुले जनाएका छन् ।

चालु आर्थिक वर्षको कार्यक्रम स्वीकृत भई सञ्चालन नहुँदै कार्यालयले बिभिन्न शीर्षकमा झण्डै ५३ लाख रुपैयाँ खर्च गरिसकेको छ । विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) लगायतको नाममा रकम खर्च गरिएको छ । दैनिक ज्यालादारीमा कर्मचारी भर्ना गरी डीपीआर गराइएको छ । स्रोतहरुका अनुसार कार्यालयमा दैनिक ज्यालादारी कर्मचारीलाई एक वर्षे नियुक्ति सम्झौता गरिएको छ ।

कमिसन नदिनेहरुको सवा ३ करोड रकम गत आर्थिक वर्षमा भुक्तानी नगरिएको ठेकेदारहरुले जनाएका छन् । उनीहरु दिनहुँ मन्त्रालयमा भुक्तानीका लागि दौडधुप गरे पनि हालसम्म भुक्तानी पाएका छैनन् । दैनिक ज्यालादारीमा इञ्जिनियरहरुलाई खटाएर डीपीआर गराइएको बताइएको छ । तर ती कार्यहरु गराइएको बेला कार्यालयको कार्यक्रमसमेत स्वीकृत भएको थिएन् । यस सम्बन्धमा कार्यालय प्रमुख बासु भटट्ले केही त्रुटि भएको स्वीकारेका छन् । ‘करिब ५३ लाख रुपैयाँ कार्यक्रम स्वीकृत नहुँदै खर्च भएको देखिएको छ ’ उनले भने, त्यसमा आफ्नो संलग्नता रहेको छैन् ।

कार्यालयका पूर्व प्रमुख मिन बहादुर भट्टराईले अनियमित रुपमा गरेका काममा लेखा अधिकृत नविन कुमार झा साक्षी बसेका छन् । प्राविधिक तथा लेखा सहायक पदमा दैनिक ९६५ रुपैयाँ तलब, भत्ता पाउने गरी महोत्तरी जिल्ला मनरा सिस्वा नपा–९ बथनाहा बस्ने दिलीपकुमार झा , महोत्तरी जिल्लाकै पिपरा गाउँपालिका वडा नम्बर १ बस्ने इन्द्रेशकुमार झालाई साधारण सुपरभाइजरमा २०८० साउन ४ गते देखि २०८१ असार मसान्तसम्मका लागि नियुक्त गरिएको छ ।

कार्यालय प्रमुख भट्टले दैनिक ज्यालादारी(डोर हाजिर)का कर्मचारीलाई वार्षिक रुपमा नियुक्ति दिनु कानुन सम्मत नरहेको स्वीकारेका छन् । तर निमित्त कार्यालय प्रमुख भ्टटराईले नै यस प्रकारको सम्झौता गरेको उनले बताए । निमित्त प्रमुख भट्टराई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मुद्दाबाट निलम्बनमा परेका छन् । उनीमाथि स्रोत भन्दा ३ करोड बढी रकम आर्जन गरेको अभियोग छ ।

निमित्त प्रमुख भट्टराई रहेको बेला गत आर्थिक वर्षमा काम सम्पन्न गरिसके पनि कमिसन नदिएको कारण चेक नबनाइएको ठेकेदारहरुको आरोप छ । भुक्तानीका लागि कार्यालयमा कुटाकुट समेत भएको थियो । विभिन्न कन्टीजेन्सीबाट प्राप्त रकम मध्ये निमित्त प्रमुख भट्टराई र लेखा अधिकृत नविन कुमार झाले रकम अनियमितता गरेको बताइन्छ ।

Comment


Related News

Latest News

Trending News