अपडेट 
२०८० चैत्र ९, शुक्रबार ०७:२७

पर्सा प्रहरीले वीरगञ्जका व्यापारी मदन रुन्चेको गोदाममा छापा मारेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साको क्राइम टोलीले बिहीबार आदर्शनगर स्थित कपडा गोदाममा छापामारी गरेको छ । वीरगञ्जमै लाइन चलान प्रसिद्धि पाएका तस्कर मदन गुप्ता ‘रुन्चे’ले सञ्चालन गर्दै आएको जय माँ दुर्गा करियरको गोदामबाट छापा मारेर लाखौंको अबैध कपडा बरामद गरिएको प्रहरीले जनाएको छ ।

वीरगञ्जको आदर्शनगरको एक गोदाममा छापामारी गरी कपडा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक कुमार बिक्रम थापाले बताए । उनले बरामद गरिएको कपडा भन्सार पठाउने तयारी भइरहेको बताए । बरामद गरिएको कपडाको मुल्याकंनको एकिन अबरे रातीसम्म मात्र आउने वताए । प्रहरीले बरामद गरेको १८ पोका कपडा लगभग २० लाख मूल्यको रहेको छ ।

Comment


Related News

Latest News

Trending News