अपडेट 
२०८० चैत्र १०, शनिबार ०७:१४

पर्सा जिल्लामा जनप्रतिनिधिहरुकै संलग्तामा बनेका किर्ते नागरिकता प्ररकण बल्झिदै गएको छ ।एक दशक भन्दा बढी देखि चल्दै आएको राजेसमान सिह भर्सेज महमद साहबुदिन बिचको नागरिकता प्रकरण एक पछि अर्को कोल्टे लिएको छ ।

किर्ते नागरिकता नगरप्रमुख राजेशमान सिह बिरुद्ध जाइलागेका नेपाल कांग्रेसका क्षेत्रिय अध्यक्ष महमद साहबुद्दिनको किर्ते नागरिकता सम्बन्धि मुद्दा उच्च अदालतमा पुर्नावलोकन हुने भएको छ ।

उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जले उनी लगायत उनका परिवारको नागरिकताको मुद्दामा महम्मद साहबुद्दिनलाई उच्च अदालतमा उपस्थित हुन आदेश दिएको छ । उच्च अदालतका न्यायाधीशद्वय दिपेन्द्र बहादुर बम र मोहनराज भट्टराईको सयुँक्त इजलासले दोहरो नागरिकता सम्बन्धि मुद्दामा महम्मद साहबुद्दिन सहित उनका परिवारजनलाई उपस्थित हुन आदेश जारी गरेको हो ।

क्षेत्रीय अध्यक्ष महमद साहबुद्दिन बिरुद्ध नेपाल सरकारको तर्फबाट दायर भएको मुद्दामा उनका बुवा भारतीय नागरिक भएको भन्दै नागरिकता बदरको मांग सहित आवश्क कार्यवाहिको मांग गरिएको छ ।

भारत बिहार राज्य पश्चिम चम्पारण जिल्ला सिकारपुर थाना मौजे बिनबलिया घर भई हाल वीरगञ्ज महानगरपालिका ३ बस्ने सुलेमान खाँको छोरा मंसुर शेष भन्ने मंसुर खाँ, उनकी श्रीमती हमिदा वेगम, छोरा महमद साहबुद्दिन भन्ने साहबुद्दिन खाँ, साहबुद्दिनको श्रीमती नजमा बेगम र कान्छा छोरा महमद मुर्तुजा भन्ने गुड्डु खाँलाई मुद्दामा प्रतिवादी बनाउदै नागरिकता बदरको मांग गरिएको छ ।

महमद साहबुदिनले झुटा विवरण पेश गरी दोहोरो नागरिकता लिएको मुदामा उच्च अदालतले व्यानको लागी आदेश जारी गरेको हो । साहबुद्दिन समेत उनका परिवारले झुठो विवरण पेश गरि बंशजको आधारमा नेपाली नागरिकता लिन सफल भएको भन्दै जिल्ला अदालतमा मुदा दायर भएको थियो ।

यस अघि जिल्ला अदालत पर्साले गत पुष २४ मा आरोप प्रमाणीत हुन प्रमाण नपुगेको भन्दै महमद साहबुद्दिनलाई सफाइ दिदै बादिको मागदाबि बदर गरेको थियो ।सो मुद्दामा जिल्ला सरकारी वकिलको कार्यालयले पुर्नावलोकनको लागी उच्च अदालतमा मांग गरेपछि अदालतले व्यानको लागी आदेश जारी गरेको हो । साहबुद्धिनसहित परिवारैले झुठो विवरण पेश गरी लिएको नागरिकता खारेज हुनुपर्ने दावि सहित दायर रिटमा वादी तर्फको दावी सुन्दै उच्च अदालतले प्रतिवादीलाई कानुन बमोजिम म्याद जारी गरि उपस्थित गराउन आदेश दिएको छ ।

Comment


Related News

Latest News

Trending News