अपडेट 
२०८० चैत्र १०, शनिबार १९:४८

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी प्रकरणमा आफुमाथि लागेको आरोप पुष्टि गर्न कांग्रेसलाई चूनौति दिनुभएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा लामिछानेले एउटा ठाडो उजुरीलाई लिएर सदन नै अवरुद्ध गर्न खाजेको र आफुलाई सदनमा समेत बोल्न नदिएको भन्दै आरोप पुष्टि गर्न कांग्रेसलाई चूनौति दिनुभएको हो । कांग्रेस जस्तो इतिहास बोकेको पार्टीले प्रमाणविना बोलेको भन्दै उहाले कांग्रेसकै नेता तथा बिज्ञहरुमाझ सार्वजनिक रुपमा यस बिषयमा बहस गर्न तयार रहेको बताउनुभयो । रास्वपा सभापति समेत रहनुभएका लामिछानेले आफुले यसअघि नै छाडेको संस्थासंग जोडेर आफुलाई बिभिन्न प्रकरणमा मुछ्ने काम भएको भन्दै जिवि राईलाई आकाश पाताल जहाबाट भएपनि खोजेरै ल्याउने दावी गर्नुभयो । सहकारी वचतकर्ताको रकम व्याजसहित फिर्ता नगरेसम्म राजनीतिबाट बिश्राम नलिने उहाले बताउनुभयो ।

त्यस्तै लामिछानेले बिभिन्न प्रकरणमा मुछिएकाहरुलाई प्रमाणका आधारमा जस्तोसुकै ओहोदामा भएपनि नछाड्ने स्पष्ट पार्नुभयो । जतिसुकै ठूला माछा भएपनि नागरिकले दिएको शक्तिका अगाडि तिनको केही नलाग्ने उहाले बताउनुभयो । लामिछानेले कांग्रेसलाई प्रधानमन्त्रीले गलत्याएर सरकारबाट फ्याँकेको जस्तो अवस्थामा आफुहरु नपुग्ने भन्दै काम गर्न नसके राजीनामापत्र अहिलेदेखि झोलामा तयार रहेको धारणा राख्नुभयो ।

उहाले आफुहरु जोखिम मोलेर सरकारमा गएको भन्दै काम गर्न एक मिनेट पनि समय खेर नफाल्ने बताउनुभयो । लामिछाने मन्त्रीको जिम्मेवारीमा रहेका दिनसम्म आफ्नो अन्तिम दिन भनेर काम गर्न पार्टीका तर्फबाट मन्त्रीहरुलाई निर्देशन दिएको जिकिर गर्नुभयो । सरकारमा रहदा जनताको मतको दुरुपयोग नगर्ने उहाको भनाइ छ ।

Comment


Related News

Latest News

Trending News