अपडेट 
२०८० चैत्र १३, मंगलवार ०८:०७

जनकपुरधामबाट ढल्केवर तर्फ जादै गरेको एम्वुलेन्स मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एकजनाको मृत्यु भएको छ ।

जनकपुरधाम ढल्केबर सडकखण्डको मिथिला नगरपालिका २ विश्वकर्मा चोकमा ढल्केवर तर्फ गइरहेको प्र २–०२–००१ च ०७१२ नम्वरको पवित्री हेल्थ केयर विष्णुपुर सिरहाको नाममा रहेको एम्वुलेन्सले ज ११ प १९९ नम्वरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकलमा सवार मिथिला नगरपालिका ३ हरिहरपुरका २२ वर्षीय जितेन्द्र महतोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

घाइते महतोलाई प्रादेशिक अस्पताल जनकपुरधाम ल्याइ स्वास्थ्य जाँच गर्दा मृत घोषणा गरिएको प्रहरीले जनाएको छ । त्यसैगरि मोटरसाईकलमा सवार सोही ठाउँका २५ वर्षीय सरोज कुमार महतोको टाउको र शरीरमा गम्भीर चोट लागि प्रादेशिक अस्पतालमा उपचार सम्भव नभएपछि न्यूरो अस्पताल जनकपुरधाममा पठाइएको प्रहरीले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News