अपडेट 
२०८० चैत्र १३, मंगलवार ११:०५

धनुषाको लक्ष्ममिनियाँमा कारले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक महोत्तरीको लोहारपट्टी नगरपालिका ४ खुट्टापिपराका २५ वर्षीय रामबाबु साह रहेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए ।

उनका अनुसार आज बिहान सवा ६ बजेतिर जनकपुर–ढल्केवर सडक खण्डमा ढल्केवतर पर्फ जँदै गरेको लक्ष्मीनियामा जनकपुर तर्फबाट जाँदै गरेको प्रदेश २–०२–००४ प ६९४७ मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको बी.एल.१२ सी ०९४४ भारतीय नम्बरप्लेटको कारले पछाडिबाट ठक्कर दिँदा साह गम्भीर घाइते भएका थिए ।

साहको लक्ष्मीनियाको सेन्ट्रल हस्पिटलमै उपचारकिो क्रममा आज बिहान ७ बजे मृत्यु भएको हो ।

शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । दुर्घटना लगतै कार चालक फरार भएको र उनको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

Comment


Related News