अपडेट 
२०८० चैत्र १३, मंगलवार १४:००

जनकपुरधाममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका २० रुपैठाकी ३६ वर्षीया गौरी देवी साही छन् ।

धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाका अनुसार आज बिहान पौने ६ बजे चार्जमा लगाएको ई–रिक्साको तार छुटाउने क्रममा महिलालाई करेन्ट लागेको थियो ।

उपचारको लागि न्यूरो हस्पिटलमा लग्दा चिकित्सकले मृत घोषणा गरेको थियो।

महिलाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News