अपडेट 
२०८० चैत्र १३, मंगलवार १४:२५

सुनको भाउ आज तोलामा तीन सय रुपैयाँले घटेको छ ।

हिजो तोलाको एक लाख २६ हजार ७ सय रुपैयाँ रहेको सुनको भाउ आज तोलामा तीन सय रुपैयाँले घटेर तोलाको एक लाख २६ हजार ४ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

गएको शुक्रवार तोलाको एक लाख २६ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ हिजो दुई सय रुपैयाँले बढेर तोलाको एक लाख २६ हजार ७ सय रुपैयाँ पुगेको थियो ।

त्यस्तै आज चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेर तोलाको एक हजार ५ सय ५ रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News