अपडेट 
२०८० चैत्र १७, शनिबार ०७:१०

उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले नवनिर्मित बर्थिङ्ग सेन्टरको उद्घाटन गर्दै चिकित्सकहरुलाई गुणस्तरीय सेवाका लागि स्वास्थ्य सेवामा प्रतिबद्ध रहन निर्देशन दिएका छन् ।

जनकपुरधाममा शुक्रबार मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहतको प्रादेशिक अस्पतालमा उपप्रधान तथा स्वास्थ्य मन्त्री यादवले विरामीको उपचारको क्रममा चिकित्सकहरुप्रति नै निर्धक्कतापूर्वक उपचार गराउन आएको हुनाले विरामीको मन जित्ने गरी गुणस्तरीय सेवा दिनका लागि निर्देशन दिए । उनले भौतिक संरचनाको निर्माण र प्राविधिक व्यवस्थापनले मात्र गुणस्तरीय स्वास्थ्य सेवा सम्भव नरहेको भन्दै उनले चिकित्सकलाई गम्भीर हुन आग्रह गरे । उनले दक्ष चिकित्सकको जनशक्तिको प्रतिबद्धताले मात्र गुणस्तरीय स्वास्थ्य सेवा सम्भव रहेको उल्लेख गर्दै चिकित्सकहरुलाई प्रतिबद्धताका साथ सेवामा जुट्न निर्देशन दिए ।

मधेश प्रदेश छिट्टै स्वास्थ्यको क्षेत्रमा फड्को मार्ने विश्वास व्यक्त गर्दै उपप्रधानमन्त्री यादवले जनकपुरधाम, राजविराज र वीरगञ्जमा स्वास्थ्य क्षेत्रतर्फको ठूलो प्रोजेक्टमा काम भइरहेको बताए । उपप्रधान तथा स्वास्थ्यमन्त्री यादवले भने, ‘सरकारले भौतिक पूर्वाधार र दक्ष जनशक्ति व्यवस्थापन गर्छ, गुणस्तरीय सेवाको लागि प्रतिबद्धता देखाउने जिम्मेवारी मिथिलावासीको हो ।

मिथिलावासीलाई प्रमाणित गरेर देखाउनु पर्दछ ।’ स्वास्थ्य लगायतको क्षेत्रमा अमेरिकी सहयोगका लागि अमेरिकाको सरकार र अमेरिकी जनतालाई धन्यवाद दिँदै उपप्रधानमन्त्री यादवले एमसिसी मार्फत विकास निर्माणको कार्य भइरहेको बताए ।

यु एस इण्डो पैसिफिक कमाण्ड र यु एस एम्बेसीको सहयोगमा करिब ६ करोडको लागतमा निर्मित ७५ शैय्याको बर्थिङ्ग सेन्टरको शिलान्यास समेत २०१८ नोभेम्बर १९ मा उपप्रधानमन्त्री यादवले गरेका थिए ।

प्रतिष्ठानका उपकुलपति डा. अंकुर साहको अध्यक्षतामा भएको सो समारोहमा मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधन प्रसाद सिंह, उर्जा, खानेपानी तथा सिचाई मन्त्री सिंग्घासन सा कलवार, राज्यमन्त्री केशव राय चौधरी, संघीय स्वास्थ्य सचिव रोशन पोखरेल, अमेरिकी राजदुत डिन आर थमसन, प्रदेशका स्वास्थ्य सचिव डा. प्रमोद यादव, प्रादेशिक अस्पतालका निर्देशक रामनरेश पण्डितलगायतकाहरुको सहभागिता रहेको थियो ।

Comment


Related News

Latest News

Trending News