अपडेट 
२०८० चैत्र १७, शनिबार १७:५८

आम जनता पार्टीका अध्यक्ष प्रभु साहले हिजो आन्दोलनको नेतृत्व गरेकाहरुले नै देशलाई लुटेर खोक्रो बनाएकोले देश अहिले संकटको भूमरीमा परेको बताउनुभएको छ ।

रिपोर्टर्स क्लब नेपालको वार्षिकोत्सव समारोहलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै साहले नेताहरुले सरकारी बजेट भागबण्डा गर्ने र देशको सम्पत्ति नेताहरुको निजी बनाउने गरेकाले देश संकटमा पुगेको बताउनुभएको हो ।

उद्योग–धन्दा चौपट रहेको र ठूला–ठूला ओहोदाको व्यक्तिहरुले विदेशी नागरिकता लिएको भन्दै उहाले यसमा सरकारले नै सहजीकरण गरेको आरोप लगाउनुभयो ।

उहाले उनले भारत र चीनमा कर कम लिने तर विकास बढि हुने गरेको उदाहरण दिँदै नेपालमा भने भारत र चीनको भन्दा उल्टो काम भएको टिप्पणी गर्नुभयो ।

त्यस्तै साहले नेपालभित्र लिडरसिपको खडेरी देखिएको धारणा राख्नुभयो ।

Comment


Related News

Latest News

Trending News